अन्ततः यूएईबाट १ सय ५७ नेपाली स्वदेश फर्किदै/साझ ६ बजेर १० मिनेटमा नेपाल पुग्ने।

यूएई:= यूएई ( दुबई ) को सारजहा विमानस्थलमा पुगेर बोर्डिङपास लिएर नेपाल फर्किनको लागी उडानको पर्खाइमा बसेका १ सय ५७ नेपाली लिएर हवाईजहाज नेपाल उडेको छ।

कोरोना भाइरस ( कोभिड -19 ) को कारण समस्यामा परेका १ सय ५७ जना नेपाली एअर अरेबियाको उडान नम्बर जी नाइन १७५१ मार्फत नेपाल उडेको श्रोतले जानकारी गराएका छ्न। जहाजमा इजादा फ्यासिलिटी म्यानेजमेण्ट कम्पनीका ६७ जना र ट्रन्सगार्ड सेक्युरिटी कम्पनीमा सेक्युरिटीको काम गर्ने ७९ जना र ११ जना अन्य नेपालीसहित एकसय ५७ जना सवार छन् ।

नेपाल नागरिक उड्डयनका प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले भने यूएईबाट १६८ जना यात्रु तथा एक मृतकको शव बोकेर नेपाल आउँदै गरेको जहाज नेपाली समयअनुसार साँझ ६ बजेर १० मिनेटमा त्रिभुवन विमानस्थलमा अवतरण गर्ने बताएका छ्न।
यूएईबाट नेपाल उडान हुने भनेपछि बिहानैदेखि विमानस्थलमा नेपालीहरु पुगेका थिए । सुरुमा यूएईको स्थानीय समय अनुसार १० बजेर ५५ मिनेटको बोर्डिङपास दिइएको थियो ।

[ तस्बिरमा स्वदेश फर्किन युएईमा उडानको लागी कुरेर बसेका नेपालीहरु अन्ततः स्वदेश फर्किदै ]

नेपालीलाई एकपटक जहाजमा राखेर फेरि ओरालिएको पनि थियो।सरकारले विदेशबाट फर्काइने नेपालीको साथमा कोरोना जाँचको रिपोर्ट नेगेटिभ आएको अनिवार्य हुनुुपर्ने मापदण्ड बनाएको छ ।ओरालिएपछि फर्किने नेपालीहरुलाई क्वारेन्टाइनमा बस्छु भन्ने कागजमा सही गराएपछि यात्रु लिएर जहाज नेपालतर्फ उडेको हो ।
फर्किन लागेको नेपालीको कोरोना जाँच भने भएको छैन ।
आज शुक्रबार बिहान मात्रै म्यानमारको बार्माबाट २६ जना नेपालीलाई स्वदेश फर्काइएको छ्।