मलाया खबरले सहयोग अभियान चलाइ बिरामीको उपचारखर्च जुटायो मलेसियामा।

तिलोचन गौतम
क्वालालम्पुर मलेसिया


अबैधानिक रुपमा मलेसियामा बस्दै आएका लमजुङ करापुटार ७ का किस्न गुरुङ उपचारको अभावमा बिगत २ महिना एता रोग पालेर बसिरहन परेको गुनासो मलायया खबर सङ आएपछी मलायया खबर टिम द्वारा उपचारखर्च जुटाउने उदेश्यले सहयोग अभियान संचालन गरि उपचार मा सघाउ पुर्याउने निर्णय गरेको थियो ।

स्वदेश फर्कने तयारीमा रहेका किस्न पेटमा अल्सर भएर उपचार गराउनुपर्ने साथमा उपचारखर्च नहुदा उपचार गराउन नपाएको गुनासो आएपछि मलाया खबर कै पहलमा तत्काल २७ तारीख हस्पिटल जानुपर्ने र हस्पिटल श्रोतका अनुसार सम्भाब्य २५ सय मलेसियन रिंगेट बराबर खर्च लाग्ने बताएपछी उहाँ लाई परेको समस्या नेपालीहरु मिलेर समाधान गरौं भन्ने उदेश्यले मलाया खबर द्वारा सहयोग अभियान चलाएको थियो ।

हामिलाइ बिश्वास गरेर सहयोग गर्नुहुने सबै प्रती मलाया खबर टिम आभार व्यक्त गर्दै अभियान बन्द गरिएको सुचित गराउदै श्रमजीवी बर्गका समस्या लाई सधै समाधानका लागि कटिबद्ध भएर लागि पर्ने प्रतिबद्धता जनाउदै पुन: सहयोगी मन हरुलाइ धन्यवाद दिन चाहान्छौ।

१) मलाया खबर टिम बाट – RM 200

२) प्रबासी नेपाली हातेमालो कल्याणकारी समाज टिम बाट – RM 200

३) नेपाल तमाङ कलाकार संघ मलेसिया बाट- RM 200

४) सन्जना तमाङ बाट- RM 100

५) शैतिम खबरको तर्फबाट -RM 100

६) मजदुर एकता समाज मलेसियाका समर्पण भट्टराई बाट- RM100

७) चन्द्र बहादुर महतरा बाट- RM100

८) तमु सेवा समाज मलेसिया बाट – RM 300

९) मिसन नेपालका सम्योजक बिबस ओलि-RM100

१०) जनउद्वार केन्द्रका महासचिव शंकर देब आचार्य – RM 100

११) dynamic everest diamond group klang RM – 500

१२) नेपाल तामाङ घेदुङ प्रवास शाखा मलेसिया- RM 200

१३) नेपाली कलाकार संघ मलेसिया
Rm 210

१४)प्रवासी मेमेङ समाज मलेसिया Rm.200

१५) जि . एस . समाज सेवा युवा क्लब मलेसिया Rm. 200

१६) गैरआवासीय नेपाली संघ मलेसिया -Rm 500

बिरामिको अबस्थामा क्रमश उपचार पछि सुधारात्मक रहेको जानकारी गराउदै पुन: सहयोगी मन हरुलाइ धन्यवाद दिन चाहान्छौ।