तिलोचन गौतम
क्वालालम्पुर मलेसिया
प्रबासी हातेमालो कल्याणकारी समाजका अध्यक्ष पुरुषत्वत्तम कार्की ढोलि ले सुन्दर हरैचा नगरपालिका १० मोरङ सुकुम्बासी बस्तीमा सारारिक दुर्बलता भएकी एक अपांग महिला लाई रहात खाद्य सामाग्री बितरण गरेका छ्न।
लामो समय देखि मलेसियामा सक्रिय रूपमा समाज सेवा तथा ब्यबसाय गर्दै आएका कार्की छुट्टिमा नेपाल फर्किएका उनी एतिबेला कोबिड 19 का कारण बन्दले गर्दा मलेसिया आउन पाएका छैनन् ।
सुन्दर हरैचा नगरपालिका १० मोरङ सुकुम्बासी बस्तीमा बस्दै आएकी अपाङ्ग सविना कार्की खाद्यान्न अभाव झेलिरहेको सुनेपछि कार्की रहात खाध्य सामाग्री लिएर उन्को निवास पुगेका थिए ।
सुकुम्बासी बस्तिमा थुप्रै खाद्य समस्या रहेको स्थानीय ले गुनासो गरेपछी आफु सुकुम्बासी बस्तिमा रहात समाग्री बितरण गर्ने अस्वसन समेत दिएका छ्न ।




















