कोरोना भाइरस नियन्त्रणको लागी अहिलेसम्म सरकारले गरे १० अर्ब रुपैयाँ खर्च।

sf7df8f}F, % r}t M sf]le8–!( /f]syfd tyf lgoGq0f pRr:t/Lo ;dGjo ;ldlt a}7s sf]le8–!( /f]syfd tyf lgoGq0f pRr:t/Lo ;dGjo ;ldltsf] a}7s l;+xb/af/l:yt k|wfgdGqL tyf dlGqkl/ifbsf] sfof{nodf a:b} .t:jL/M /f]zg ;fksf]6f÷/f;;

काठमाडौं := नेपाल सरकारले कोरोना भाइरस ( कोभिड -19 ) नियन्त्रण तथा रोकथामको लागी अहिलेसम्म झण्डै १० अर्ब रुपैयाँ खर्च गरेको छ । 

कोरोना नियन्त्रण, उपचार, क्वारेन्टाइन निर्माण र राहत वितरण,महामारी नियन्त्रण कोष, सरकारबाट विनियोजित रकम र प्रदेश तथा पालिकाले गरी सरकारले ९ अर्ब ८७ करोड रुपैयाँ खर्च गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायण बिडारीले बुधबार बसेको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिकाे बैठकमा खर्चको विवरण सार्वजनिक गर्दै सो कुरा बताएका हुन।

कोरोना कोष र सङ्घीय सरकारबाट ६ अर्ब तीन करोड, प्रदेशहरुबाट एक अर्ब आठ करोड र पालिकाहरुबाट दुई अर्ब ७६ करोड रुपैयाँ खर्च भएको उहाँले बताउनुभयो ।पालिकाहरुले गरेको खर्चको पूर्ण विवरण आउन बाकीनै रहेको समेत बताए ।

समिति बैठकमा लकडाउनलाई सहज बनाउँदै कसरी लैजान सकिन्छ भन्ने विषयमा स्वास्थ्य क्षेत्रका विज्ञहरुसँग छलफल भएको छ । जनजीवन सहज बनाउँदै तहगत रुपमा लकडाउन खुकुलो पार्दै लैजाने गरी मस्यौदा तयारी गरी सरकारलाई बुझाउने समझदारी पनि बैठकमा बनेको जनाइएको छ।