मलाया खबर /आरएन चौधरी थारु
क्वालालम्पुर ( मलेसिया ):= करिब करिब ५ लाख नेपाली कार्यरत मलेसियामा ८१ जना नेपालीहरुमा समेत काेराेना भाइरस ( कोभिड -19 ) को संक्रमण पुष्टि भएकाे फेला परेका छ्न ।
मलेसिया स्थित नेपाली दूतावासका राजदुत उदयराज पाण्डेका अनुसार मलेसियामा अहिलेसम्म ८१ जना नेपालीमा काेराेना संक्रमण पुष्टि भएको छ भने २२ जना उपचार सकिएर स्वास्थ्य लाभ लिईसकेको बताए।
म्यानुफ्याक्चरिङ , सुपरमार्केट , सेक्युरिटी गार्ड लगायतको क्षेत्रमा कार्यरत नेपाली श्रमिकहरु प्रभावित भएको राजदूत पाण्डेले बताए। ” संक्रमित हुनेमा सबै भन्दा बढी सुरक्षागार्डमा कार्यरत नेपाली सेक्युरिटी गार्डहरु रहेका छ्न। संक्रमित सबै नेपालीको उपचार भैइरहेको छ्न उनले भने।”

मलेसियामा यो समाचार तयारपार्दा सम्म कोरोना ( काेभिड-१९ ) बाट मर्नेकाे सङ्ख्या ११५ जना रहेकाे छ।
७ हजार ६ सय २९ जना संक्रमित रहेको छ्न , जसमध्ये ६ हजार १ सय ६९ जनाले उपचार सकिएर स्वास्थ्य लाभ लिईसकेको छ्न , भने अझै १ हजार ३ सय ४५ जना संक्रमित अस्पतालमा उपचाररत रहेको मलेसियन स्वास्थ्य मन्त्रालयले पत्रकार सम्मेलन मार्फत स्थानीय सञ्चार माध्यमहरुलाई जनाएका छ्न। कोरोनाले अहिलेसम्म कुनै पनि नेपालीको मृत्यु भएको छैन ।




















