नेपालमा कोरोना संक्रमित १ हजार ४२ जना पुग्यो/ ५ जनाको मृत्यु।

काठमाडौं := विश्वभर माहामारीको रुप लिएर फैलिरहेको कोरोना भाइरस (कोभिड -19) ले नेपालमा संक्रमित हुनेको संख्या १ हजार ४२ जना पुगेको छ ।

बिहीबार थप १५६ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या १०४२ पुगेको बिहीबारको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले जानकारी गराएका छ्न। कोरोनाबाट मृत्यु हुने मानिसको संख्या ५ जना पुगेको बताएकाछ्न।

पछिल्लो समय कोरोना संक्रमण न्यूनीकरणका लागि लकडाउन जारी गरिएपनि संक्रमित हुनेको सङ्ख्या दिनप्रतिदिन थपिदै गैइरहेको छ्न।