नेता ज्यु , गणतन्त्र कसका लागि?

तसर्थ तपाईंको बोल्ने शब्द र गरेका कामले हामि नेपालीलाई गणतन्त्र भनेको ” कागलाई बेल पाक्यो हर्ष न बिस्मात!” जस्तै हो। हामिलाई आफुले गरेको गल्तिको ठूलो पछुतो छ हामी आफ्नो कर्मको फल भोगिरहेका छौ । 

आज कयौं नेता मन्त्री तथा प्रतिनिधिहरुलाई गणतन्त्र दिवसको शुभकामना दिन चटारो छ। आज गणतन्त्र घोषणा भएको १३ बर्ष पुगेको छ।महाभारतमा धृतराष्ट्र ले गान्धारी सङ्ग बिहे नगरेको भए न त शकुनि आउथे न त महाभारत नै हुन्यो।नेपाली जन्ता सार्है सोझो गरिखाने र आदरणीय थिए महाभारतको राज्य जस्तै शुखी खुसी र स्वतन्त्र थिए।

१२ बर्ष बनबास बसि दिल्लिबाट १२ओटा सर्त बोकेर आएका शकुनीहरुले न त मात्र महाभारत गराए मर्यादा ,सहिष्णुता, धर्म ,राष्ट्रियता र पहिचानको बलि चडाईदिए।हामीपनि त्यस्को पछि पर्यौ किनकि हामिले कल्पना गरेको गणतन्त्र त रामराज्य भन्दा कम थिएन ।कोहि बेरोजगार बस्दैन , कसैको चुलो निभ्दैन,सबै रिनमुक्त, निरंकुश मुक्त , बैचारिक स्वतन्त्र र सर्बस्वामित्व हुन्छ्न भन्ने लाग्थ्यो।चोक चोकमा आगो बालेर शाही शासनको अन्त्य  गर्नु पर्छ भनी सयौं पुत्ला ,सालिक , फोटो गरि शाहीबंशको १४पुस्ता खरानी गर्यौ।लाखौं जन्ता रानोमौरीझै पछि परेर नारायणहिटिमा अनशन बसि सयौ अश्रुग्यास ,गोलि ,लाठी ,मुक्का छातीमा थापेर नेपाली जन्ताले तत्कालीन राजाको कुम्लो बाधेर निर्मल निवास पठाइयौ र तिकल मण्डल गरि बाजागाजा सहित नया सरकारको स्वागत गर्यौ ।ल यिनिहरु त मान्छे मारेर आएका, सबै दुख भोगेर चप्पलमा हिडेका ,ढिडो न नुन खाएका, राजनीति बुझेका ,पढेलेखेका, वर्गसंघर्ष गरि जन्ताको पिर बुझ्न आएका भनेर जन्ताले करोडौं खर्च गरि निर्वाचन गराए नंया संविधान लेखाए गर्न सम्म गरे।

हत्ती हात्ती आयो फुस्स लौ हे राम! के देख्नु परेको हो । भगवान सङ्ग बिन्ती छ यस्तो गणतन्त्र अन्य देशमा नआउस। गणतन्त्र त जस्को पहुँच छ उस्को हुदो रहेछ , गरिखानेलाई दास सम्झिदो रहेछ, सरकार विरुद्ध बोल्नेलाई जेल हालिदो रहेछ , जन्तालाई देखाई देखाई लुट मचाईदो रहेछ, संघीयताको नाममा टुक्राटुक्रा देश बनाईदो रहेछ, सयौं सामन्त र गुण्डापालेर जन्तालाई बलात्कार गरिदो रहेछ, न्यायपालिका , कार्यपालिका र ब्यावस्थापिका को आधिपत्य एउटाले लिने रहेछ , सर्बोच्च कानुन आफ्नो हितहुनेगरी संशोधित गरिदो रहेछ, परम्परा र धर्म बेचिदो रहेछ, खाएको गासमा कर लाग्ने जन्ता तर पहुँचवालालाई करोडौं कर छुट हुदो रहेछ, आलोपाओ नातेदारतन्त्र बनाई ठाउँठाउँमा बजेट वितरणहुदो रहेछ,छोरीचेलिको इज्जत लुटिदो रहेछ, दक्ष युवा बिदेश पठाईदो रहेछ अनि सांसद भवनमै देशको भाषा र मौलिकताको धज्जी उडाइदो रहेछ, वैदेशिक इसारामा एन तथा कानुन बन्दो रहेछ र शासकहरु बिलाशीतामा डुब्ने रहेछ्न धेरै कुरो छ सबै लेख्न नसकिएला।

आज गणतन्त्र दिवसको शुभकामना कसलाई ?

मन्त्रीज्यु बोल्दा तपाईंको जिब्रो अलमलिनु पर्ने तर तपाईंहरुको साहस कुनै रावणको भन्दा कम छैन।एक गाँस खान नपाउने देश त्यसैमाथी सरकरी दमन, न्यायको अपेक्षा सम्म नगरेका जन्तालाई तपाईंले पजेरोमा चढि चिल्ला टेवलमा कागज पढ्न त आयो तर जन्ताले तपाईहरुको यो रावणतत्रले के भोगेको छ थाहा छ?प्रचण्ड जि २०५२ बाट तपाईंको आगाडी पछडी हिनेर विध्वंस मचाउने तपाईंको शैनिकहरुको स्तिथी थाहा छ? संकटकालमा बेपत्ता पारिएका नागरिक , हत्या गरिएकाहरुको परिवार, आङ्ग्भङ्ग भएकाहरुको दैनिकी थाहा छ? तपाई उमेरले बुढोहुनु भयो तर लाज लाग्दैन? बिद्या जि अरुकाम धेरै त लेख्दिन महिला राष्ट्रपति भएको देशमा महिलाले कति सुरक्षा महशुस गरेका छ्न? निर्मला लगायत बलात्कारमात्र गरि मारिएका पचासौं चेलिहरुको  आमाको वेदना थाहा छ? दाईजोको कारण हत्या गरेका सयौ चेलिको अवस्था थाहा छ?शुभकामना कस्लाई? ओलि काका तपाईंको अगाडि पछाडि चक्र बनाएका सयौ मन्त्री कार्यकर्ताहरुले हाम्रै आँखा अगाडि हाम्रो पसिना लुटेका छ्न पुरानो कुरा छोडीदिनुहोस , बेरोजगारीले सिमा नाधिसक्यो , महङ्गो कालोबजारीले नुन खाने अवस्था छैन एउटा राजा हाटाएकोमा १००० राजा जन्ताले पाल्नु परेको छ अहिले कोरोनाले जन्ता त्रशीत छ त्यै माथी तपाई लाखौ ऋणमागी कुनै ठोस कार्यक्रम नभैइ देशलाई भार थप्दै हुनुहुन्छ ? फेरिएको तपाईंको किड्नी मात्रहो हामी जस्ताका तेस्तै छौ झन हामीमा त्रास छ भबिस्यको चिन्ता छ  हेर्दाहेर्दै अब देशको सिमानानै नरहला जस्तो छ ।

तसर्थ तपाईंको बोल्ने शब्द र गरेकाकामले हामिलाई गणतन्त्र भनेको ” कागलाई बेल पाक्यो हर्ष न बिस्मात!” जस्तै हो।हामिलाई आफुले गरेको गल्तिको ठूलो पछुतो छ हामी आफ्नो कर्मको फल भोगिरहेका छौ । 
“धान खाने मुसो चोट पाउने भ्यागुतो ” हाम्रो  पुस्ताले अझै खाडी घुम्नु पर्छ , भारतको गुलामी गर्नु पर्छ ,स्वभिमान बेच्नु पर्छ, न्यायहिन भएर बाच्नु पर्छ, किनकि हामिले यिनै नेता, यिनै मन्त्री  देख्यौ नया के त? तीन पुस्ताखाने यी शासकहरुलाई २०६२/६३ को हुलले नछोपे हाम्रो गणतन्त्र कहिले आउने छैन। 

अन्तमा स्वतन्त्र नागरिकको हैसियतले गणतन्त्रको पोखरीबाट सडेका माछाहरु निकाली स्वच्छपानीमा निर्मल स्वाद लिन पाईयोस गणतन्त्र दिवसको शुभकामना !

[ तस्बिरमा लेखक : वाशुदेव भरत भट्ट ]


लेखक:वाशुदेव भरत भट्ट 
नेपाल ठेगाना : भिमदत्तनगर , कंचनपुर 
हालको बसाइँ : मलेशिया ।