आज नेपालमा गणतन्त्र दिवस / कोरोनाको कारण शुभकामना आदानप्रदानमै सिमित।

काठमाडौँ:= नेपालमा राजतन्त्रको अन्त्य भई जनताको शासन अर्थात् सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएको नेपालको राजनीतिक इतिहासको एक अविस्मरणीय
दिन हो आज जेठ १५ गते ।

यहीँ दिनमा जनता र राजा बीचको ल’डाइँमा अन्ततः जित जनताकै हुन्छ भन्ने यथार्थले मूर्तरूप लिएको थियो ।
आजैका दिन २०६५ साल जेठ १५ गते बसेको संविधान सभाको पहिलो ऐतिहासिक बैठकले नेपाललाई गणतन्त्रमा लैजाने प्रस्ताव अत्यधिक मतले पारित गरेको थियो । गणतन्त्र घो’षणा भएको आज १२ वर्ष पुगेर १३ वर्ष लागेको छ ।
विगत वर्षमा नेपाल सरकारले गणतन्त्र दिवसलाई धूमधाम र उत्सवका साथ स्वदेश तथा विदेशमा तीन दिनसम्म मनाउने गरेको थियो ।

साथै गणतन्त्र दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा गणतन्त्र दिवस मूल समारोह समिति गठन गर्ने र सो समितिले सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गर्ने परम्परा थियो तर यसवर्ष को’रोना भाइरस रोग (कोभिड–१९) को महामारीले देशभर बन्दा बन्दी , लकडाउन रहेकाले गणतन्त्र दिवस शुभकामना सन्देश समाजिक संजाल मार्फत आदान प्रदान मै सीमित हुने भएको छ ।