नेपाली श्रमिकको कोरोना परिक्षण गरिंदै/नियमअनुसार रोजगारदाता कम्पनीलेनै खर्च बेहोर्ने।

मलाया खबर / आरएन चौधरी थारु ,,

क्वालालम्पुर ( मलेसिया ):= अहिले विश्वनै कोरोना भाइरसले त्रसित छ्न । यो समाचार तयार पार्दासम्म विश्वभरीमा ५२ लाख १५ हजार २ सय ५३ जना मानिस कोरोनाबाट संक्रमित भएको छ्न , जसमध्ये २० लाख ५८ हजार ५ सय ८१ जनाले स्वास्थ्य लाभ लिई निको भैईसकेको छ्न भने ३ लाख ३८ हजार २ सय ४९ जना मानिसको मृत्यु भैईसकेको छ्न।

त्यसैगरी अन्य अन्तर्राष्ट्रिय मुलुकसंगै मलेसियामा समेत कोरोनाले १ सय १५ जनाको मृत्यु भैईसकेको छ्न भने ७ हजार १ सय ८५ जना संक्रमित मध्य ५ हजार ९ सय १२ जना स्वास्थ्य लाभ लिई उपचार सकिएर निको भैइसकेको छ्न।
मलेसियामा कार्यरत नेपाली श्रमिकहरु समेत कोरोनाबाट प्रभावित भएका छ्न।

अहिले प्राय मलेसियामा रहेका रोजगारदाताहरुले आ-आफ्नो कम्पनीमा कार्यरत श्रमिकहरुको स्वास्थ्य अवस्था बारे ख्याल गर्दै र मलेसिया सरकारको निर्देशन अनुसार कोरोना चेकजाँचको लागी स्वाब परिक्षण गराईरहेको पाइएको छ। हिजो शुक्रबारको दिन पेटालिङ्जाया सेलाङ्गरमा अवस्थित एक होम क्वारेन्टाइनमा एक्सपोम सेक्युरिटी सर्भिस (expaom security service) नामक सेक्युरिटी कम्पनीले सो कम्पनीमा कार्यरत सम्पुर्ण नेपाली सुरक्षागार्डहरुको कोरोना चेकजाँच गर्ने क्रममा मलाया खबरको सम्पादक आरएन चौधरी थारु पनि कोरोना चेकजाँच सम्बन्धि रिपोर्टिङको लागी सो स्थानमा उपस्थित भएका थिए।

रिपोर्टिङको क्रममा सम्पादक चौधरीसंगको कुराकानीको क्रममा सोही कम्पनीमा आबद्ध रहि सुरक्षागार्डको रुपमा बिगत ३ बर्षदेखी कार्यरत श्रमिक नबिन बुढा क्षेत्रीले बोल्दैभने “अहिले हामी लगभग २ सय जना सेक्युरिटीहरुको विभिन्न स्थानमा पालैपालो कोरोना चेकजाँच गरिरहेको छ्न । जसको लागी मलेसियन डाक्टरले नाक र मुखबाट स्वाब कलेक्सन गरेर परिक्षणको लागी कोरोना टेस्ट ल्याबमा लगेर जाँच गर्ने र कोरोना नेगेटिभ हुन कि पोजिटिभ हुन भन्ने बारे ३,४ दिनपछि डाक्टरले रोजगारदाता कम्पनी र सम्भव भएको खण्डमा कामदारलाई जानकारी गराउने बताए ।

बुढाले थप्दै बोले ” कोरोना चेकजाँच गराएबापत एकजना बराबर लाग्ने आरएम ३ सय ६० रिंगेट रकम हाम्रो कम्पनीलेनै आफैं तिरेको हाम्रो पारीश्रमिक बापतको रकम नकाट्ने बताए।कम्पनीले कामदारको स्वास्थ्यलाई मध्य नजरगर्दै चालेको यो कदम सराहनीय भएको बताउदै रोजगारदाता कम्पनीप्रती धन्यवाद प्रकट गर्दछु उनले भने।”

मलेसियन सरकारले रोजगारदाता कम्पनीले आफ्नो कामदारको कोरोना चेकजाँच गराए बापत्त एक रिंगेट पनि कामदारबाट लिन नमिल्ने निर्देशन दिएपनी , बताएपनि मलाया खबरलाई आएको जानकारी अनुसार मलेसियाको अधिकाँस रोजगारदाता कम्पनीहरुले कोरोना चेकजाँच बापत कामदारहरुको पारीश्रमिकबाट भारी रकम समेत कटौती गरिरहेको पाइएको छ।
कुनै कुनै कम्पनीले होम सर्भिसको नाममा मनमौजी ढंगले कोरोना चेकजाँच गरेबापत्त आरएम ५०० , २०० , ६० रिंगेट सम्मको रकम कामदारले पाउने पारीश्रमिकबाट कटौती गरेको गुनासा थुप्रै श्रमिकले गरेका छन।

कोरोना चेकजाँच बापत कामदारको तलब कटौती बारे मलेसिया स्थित नेपाली दूतावासमा टेलिफोन सम्पर्क गरेर जानकारी गराउदा दूतावासले भने ” यदि कुनै कम्पनीले कोरोना चेकजाँचको बाहानामा मनोमानी ढंगले पैसा  काटिरहेक छ्न भने दूतावासलाई आफ्नो पूरा बिवरण सहित जानकारी गराउनुस सक्दो सहयोग गर्छौ र त्यस्ता कम्पनीलाई यहाँको कानुनअनुसार कारवाहीको दायरामा उभ्याउछौ भने ।
त्यसको लागी मलेसिया स्थित नेपाली दूतावासको हटलाईन सम्पर्क नम्बर +६०१६२४७२७७७ मा फोन गर्न सक्नुहुनेछ।