सरकारलाइ सहयोग गर्दै सबैजना एकजुट होऔं।

आन्तरिक असहमतिका सबै विषयहरुलाइ थाती राख्दै यतिबेला सरकारलाइ साथ दिएर सिङ्गो देश एकजुट हुन पर्छ! “हिजो के भयो कुन नेताले के गर्यो त्यसलाइ थाती राखेर अहिले वर्तमान सरकार अर्थात हाम्रो प्रधानमन्त्री केपी ओलि ज्युलाइ साथ र समर्थ गरौ ! “पहिला देश बचाउ, त्यसपछी पार्टी बचाउला संगठन बचाउला त्यसैले यो प्रस्थितिमा आफु जहाँ हुनुहुन्छ,सामाजिक संजाल बाटैभएपनी आवाज उठाउने परेत्न गरौ !

यतिभरिहदा भारतीय पुर्वजर्नेल मनोज मुकन्द नर्भानिले हुजो माओवादीहरुले जनयुद्ध गर्दा हामी आर्थिक बमबारुद जस्ता आधुनिक हतियार प्रचण्ड लाई सहयोग गरेका थियौ अर्थात पुर्वमाओवादीलाई सहयोग गरेका थियौ ! नेपालको राजसत्ता फ्यालेर संघीयता धर्मनिरपेकक्ष ल्याउन भारतको अहम भुमिकारहेको थियो, माओवादीका शीर्षनेताहरुलाइ भारतले दिएको सेल्टरमा बसेर युद्ध लेडेका हुन् ! भनेर पुर्वजर्नेल मनोज मुकुन्द नर्भाने ले भारतीय संचार माध्यसंग भनेका छन् के यो सत्य हो ? यदि सत्यहोइन भने पुर्वमाओवादीहरुको तर्फबाट शिर्षनेताहरुको आजसम्म कुनै अभिव्यक्ति किन आएन ?

तल ग्रउन्ड लेबेलका कार्यकर्ता हरुलेमात्र जर्नेल नर्भानेको बिरोध गरेकाछन् प्रतिउत्तर दिएका छन्, हाम्रा पुर्वनेतृत्वहरु किन मौउन छ्न?
यो बिसय झुठो हो भने हाम्रा पुर्वमाओवादी का शिर्षनेताहरुले भारतीय पक्षलाई मुहटोड जवाफ दिनुपर्छ !
होइन भने हात्तीको देखाउने दात एउटा चपाउने दात अर्को रहेछ भन्ने कुरा नेपाली जन्ताले बुझ्ने छन् ! आफ्नो माटोको लागी बोल्न सरकार मै हुनुपर्छ,प्रधानमन्त्री कै कुर्सीमा हुनपर्छ भन्ने छैन, बाहिरबसेर पनि खबरदारी चेतावनी सहित आफ्नो अभिव्यक्ति राख्नसकिन्छ! डराउनु पर्ने कारण के लिपुलेक लिम्पियाधुरा र कालापानी नेपाल कै हो भन्ने तथ्य प्रमाणहरु नेपालसंग यथावत छ जस्तै १८१६मार्छ ४ को इस्ट इन्डिया र नेपाल बिचको सुगौली संन्धी ,१८१६ डिसेम्बर ८ को सुगौली संन्धीकै पुरक संन्धी !

१८५७ मा भारतले आफै जारिगरिएको नेपालको नक्सा
१८६० नोभेम्बर १ मा बांके ,बर्दिया ,कैलाली र कंचनपुर नेपाललाई फिर्ता गर्न गरिएको सम्झौता ! १८७५ जनवरी ७ मा दाङको डडुवा क्षेत्र सिमाङकन गर्दाको नक्सांकन ,१९९५ सालमा लिम्पियाधुरा क्षेत्रका नागरिकले बाली बुझाएको प्रमाण ,२०१५ सालको आमनिर्वाचनको मतदाता नामावली ,२०१८ सालको जनगणना ,यो भन्दा ठोस प्रमाण के चाहियो भारतलाइ ?हिजो बडेमानका गफ र नेपाली जन्तालाइ उधारो रास्ट्रबादको पाठ पढाउने डा: सुरेन्द्र केसी खगेन्द्र संग्रौला ,सुन्दरमणी दिक्कक्षित लगायतका बुद्धिजीवीहरु खोइ कहाँ को दुलो भित्रबसेर देशको सिमानामा भारत ले डोजर चलाएर तमासा हेरिरहेका छन् !
हिजो राम्रो काम गर्दा होस् या नराम्रो काम गर्दा होस् खाली सरकार र प्रधानमन्त्री केपी ओलिको बिरोध गर्ने यी टुइटरेलाहुरे हरुको रास्ट्रवाद नेपाली जन्ता बुझिसके यी लाहुरे हरु खाली युटुब च्यानल र मिडियामा भाइरल हुनकैलागी बोल्या रहेछन् !

त्यस्तै अर्का टुइटरे लाहुरे डा : बाबुराम भट्टराई लाई हिजोसम्म मैले उहाँ को हरेक बिचार प्रती जनाउने मान्छे तर हिजोनै भारतको पक्षमा बोलेको देख्दा,यी लाहुरेपनी नेपालको रासन खाएर भारत को भाशन गर्ने बोल्दा जिब्रो चिप्लाउने भएकै कारण समर्थ फिर्ता गरियो ! यतिबेला आफ्नो देशको सिमानामा डोजर चलिरहदा भारत कै पक्षमा उभिएर बोल्ने नेताजती सब देश द्रोही होइनन् भन्न सकिन्न, राम्रो कामको समर्थन गर्न पछिपरिन्न,केहिदिन पहिले प्रमुख प्रतिपक्षा दलका नेता मिलेन्द्र रिजालले भारतीय मिडिया
ले नेपालको सिमाबारे भ्रमित समाचार फैलाएको हुदा भारतीय मिडिलाइ प्रत्येक्ष फोन संवाद गरेर थर्काएका थिए ! रिजाल एउटा जिम्मेवार नेता र नागरिक को हैसियतले आफ्नो कर्तव्य निर्भागरे,भने मनिषा कोइराला ले समर्थन जनाए, त्यसैले यो बेला कसैलेपनी भारतको लागी हनुमानगिरि देखाउछ भने त्यो नेता कार्यकर्ता सत्तापक्ष प्रतिपक्ष, मिडियाकर्मी संचार्कर्मी जोकोही किन नहोस् त्यसलाई देश द्रोही भन्दा फरक नपर्ला !
यतिभनिरदा कसैलाइ लाग्नसक्छ, हामिले फेसबुकमा लेखेर केही हुनेवाछैन,तर योपनी याद रहोस् हामिले जोड्दार बिरोधको बर्षाभएर नै सरकारले नक्सा सार्वजनिक गरेको हो !

इतिहासमै उल्लेख छन् जन्तानै जनार्धन हुन् त्यसैले नागरिकको अगाडी कसैको केही चल्दैन, नागरिकले २०४० सालको मजबुत जरागाडेको राजालाइ त उखालेर फ्याले भने
जन्ताको लागी impossible भन्नेचिज आजसम्म न बनेको छ न बन्ने नै छ !
केहिमानिस हरुलाइ लाग्नसक्छ,यो सरकारको चाल हो , जन्तालाइ ललिपप दिदैछ, नक्शा सार्बजनिक गरेर जन्तालाइ भुलाएर चोरबाटो हुँदै mcc पास गराउने षड्यन्त्र गर्दैछ, यदि केपी ओलिले यस्तो रास्ट्रघाँटी काम गरेभने जन्ताले आखामा पट्टिबाधेर बस्नेवाला छैन !नेपालमा mcc कुनैपनी हालतमा पास हुनदिनुहुदैन , यतिबेला mcc लाई रद्दीको टोकरीमा राखेर, देशको सम्पुर्ण सक्तिकेन्द्र लिपुलेक लिम्पियाधुरा कालापानी को भुभाग फिर्ताल्याउने अभियामा केन्द्रीत हुनुपर्छ !

यहाँ हिमाल पहाड तराई कोहि छैन,पराइ मात्र हामी नेपाली हो रहयो कुरा मधेसीको यो देशको सिमा सुरुक्षा पराए मधेशी दाजुभाइ हरुले गरेका छ्न् दिनरात लडेर आफ्नो सिमामाकोरक्षा गरिरहेकाछन् मधेसी जन्ताहरु सबै सिकेरावत जस्तै देश द्रोही छैनन् रास्ट्रभक्ती मधेशी दाजुभाइहरु पनि छन् !

लेखक : ✍️Db sangrsha देशप्रती माया गर्ने मान्छे !
(जय देेेश जय स्वाभिमान )