मलाया खबर /तिलोचन गौतम ,,
क्वालालम्पुर ( मलेसिया ):= कोरोना भाइरस ( कोभिड 19 ) को संक्रमणले एतिबेला विश्वमाहामारीको रुप लिएर तिब्र गतिमा मानिसहरुको ज्यान लिईरहेको बेला विभिन्न मुलुकहरु र त्यहाँका सरकारले भाइरस बाट सुरक्षित रहन तथा रोकथाम गर्नका लागि निश्चित समायाबधीको लागि देशलाई लकडाउन गरेका छ्न ।
मलेसियामा पनि मलेसिया सरकारले गत मार्च १८ देखिनै आवागमन नियन्त्रण आदेश जारी गरेको छ । बन्दले प्रत्यक्ष अप्रत्यक्ष सबै क्षेत्रमा मा प्रभाव परेको छ । मलेसियाका कम्पनीहरुमा बैधानिक तथा अबैधानिक तरिकाले दैनिक ज्यालादारी गर्दै आएका सयौं नेपाली श्रमिक दाजुभाइ लाई गैर आवासीय नेपाली संघ ( NRNA ) मलेसियाले खाद्यान्न सामाग्री सहयोग गरेको छ ।

खाद्यान्न अभाव झेलिरहेका तथा बिरामी भएका असक्त अपाङ्ग भएका र कम्पनिले हेरचाह नगरेका मलेसियामा अलपत्र परेका , भिसा सकिएर स्वदेश फर्किन नपाएका नेपाली श्रमिकहरु लाई NRNA मलेसियाले बारम्बार सहयोग गर्दै आइरहेको छ। मलेसियाका विभिन्न स्थानहरुमा अहिलेसम्म १०० जना भन्दा बढी कामदारलाई खाद्यान्न सहयोग गरिसकेको र केही बिरामी कामदार हरुलाइ समेत उपचारमा सहयोग पुर्याउदै आइरहेको NRNA मलेसियाका अध्यक्ष भट्टराईले जानकारी दिए।
पछिल्लो समयमा मलेसियामा नेपाली हरुमा निकै ठूलो सङ्ख्यामा कोरोना सङ्क्रमीत भेटिन थालेकोले सबैजना एतिबेला सम्यमित भएर सुरक्षा अपनाएर बस्न र तेस्ता केही समस्या भए गैरआवासिय नेपाली संघ मलेसिया सङ सेयर गर्न अनुरोध समेत गरेका छ्न।




















