क्वालालम्पुर ( मलेसिया ):= कोरोना भाइरस नियन्त्रण गर्न मलेसियामा जारी सिएमसिओ र नेपालमा जारी लकडाउनले मलेसियामा ३ हजार बढी नेपाली श्रमिक अलपत्र अवस्थामा रहेका छ्न ।
लकडाउन अवधी भित्र कम्पनीसंगको श्रम सम्झौता सकिएर , भिसा सकिएर स्वदेश फर्किने तयारीमा रहेका करिब ३ हजार बढी नेपाली न त स्वदेश फर्किन पाए , न त काम नै पाए । अलपत्र अवस्थामा कोठा भित्र बसेर दिन कटाईरहेको छ।
हातमा काम र दाम दुईटै नभएपछि खाद्यान्न अभाव झेलिरहेको नेपालीको संख्या पनि बाक्लै रहेको छ्न मलेसियामा । खाद्यान्न अभाव झेलिरहेको ति अलपत्र नेपालीहरुलाई मलाया खबर मिडिया लगायत विभिन्न समाजिक संघसंस्थाहरुले संयुक्त रुपमा नि:शुल्क खाद्यान्न बितरण अभियान चलाई , सकेको सहयोग गर्दैआईरहेको छ्न।
त्यस्तै सहयोगकै क्रममा प्रवासी थारु सेवा समाज ( थाकस ) मलेसियाले पनि खाद्यान्न अभाव झेलिरहेको नेपाली श्रमिकलाई नि:शुल्क खाद्यान्न सामाग्री उपलब्ध गराइ सहयोग प्रदान गरेकाछ्न।
थारु समाज मलेसियाको कोषाध्यक्ष तथा अनुसन्धानकर्ता रमेश कुमार पजियार थारुको संयोजकत्वमा संकलित आर्थिक रकमबाट क्वालालम्पुर नजिकै चेरास भन्ने ठाउँमा भिसा सकिएर स्वदेश फर्किने तयारीमा रहेका , खाद्यान्न अभावले भोकभोकै बसिरहेका नेपाली श्रमिकलाई आज आइतबार मलाया खबरको सम्पादक आरएन चौधरी थारुकै रोहवरमा खाद्यान्न सामाग्री सहयोग गरेका हुन।

थारु समाजका कोषाध्यक्ष तथा अनुसन्धानकर्ता रमेशले मलाया खबरसंग बोल्दै भने , ” अहिले यो कोरोना भाइरसको जटिल अवस्थामा नेपाल सरकारले अन्तर्राष्ट्रिय उडान , हवाई यात्रा पुर्ण रुपमा बन्देज गरेकोले मलेसियाबाट स्वदेश फर्किने तयारीमा रहेका कुनैपनि नेपाली स्वदेश फर्किन पाउदैन त्यसैले तपाईं जहाँ हुनुहुन्छ त्यहीँ सुरक्षीत बस्नुहोस् । बरु खाद्यान्नको अभाव भएको खण्डमा थारु समाजलाई सम्झिनुस सक्दो सहयोग गर्नेछौं उनले भने।”

के तपाईं मलेसियाबाट स्वदेश फर्किन नपाएर काम बिहिन भएर बसिराख्नु भएको छ ? अथवा खाद्यान्न अभावले भोकभोकै बस्न बाध्य हुनु भएको छ ? यदि त्यस्तो हुनुहुन्छ भने थारु समाज मलेसियाको संस्थापक तथा सञ्चारकर्मी आरएन चौधरी थारुलाई +६०११११८७७३४०/ +६०१७८०६२५४५ मा फोन गरेर सहयोग माग्न सक्नु हुनेछ।




















