नेपालमा लकडाउन जेठ २० गतेसम्म जारी रहने।

काठमाडौं:= नेपाल सरकारले कोरोना भाइरसलाई नियन्त्रण गर्न जारी गरेको लकडाउन जेठ २० गते मध्यरातसम्म जारी राख्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार र अर्थमन्त्री डा. युवराज खतिवडाले पत्रकारहरुसंगको कुराकानीको क्रममा जानकारी दिए ।

नेपालमा कोरोना संक्रमणको दोस्रो संक्रमित भेटिएको भोलिपल्ट सरकारले ११ चैतमा देशभर लकडाउन लागू गरेको थियो । त्यसयता पटकपटक लकडाउनको समय थप गरिएको छ । पछिल्लो पटक थपिएको समय जेठ ५ सम्मलाई थियो ।
अब भने लकडाउन जेठ् २० गतेसम्म जारी रहने भएको छ।