मलेसियामा कार्यरत ६३ जना नेपाली श्रमिक कोरोना भाइरस संक्रमित।

क्वालालम्पुर ( मलेसिया ):= रोजगारीको निम्ति मलेसियामा कार्यरत ६३ जना नेपाली श्रमिकमा कोरोना भाइरसको संक्रमण फ़ेला परेको छ ।

मलेसिया स्थित नेपाली दूतावासको तथ्यांकअनुसार क्वालालम्पुर , चेरास , सेरेम्बान लगायतको ठाउँबाट प्राप्त संक्रमित नेपाली श्रमिकको संख्या अहिलेसम्म ५४ जना रहेको जनाएका छ्न।
यता केहि दिन अगाडि चेरासमा अवस्थित सपिङ मलमा कार्यरत नेपाली सेक्युरिटी गार्डहरु मध्य ९ जनामा कोरोनाको संक्रमण फ़ेला परेको थियो । सोही समुहको नेपाली मध्यमा थप ९ जना सेक्युरिटी गार्डमा कोरोना संक्रमण देखिएको जानकारी प्राप्त भएका छ्न।
अहिलेसम्मको संक्रमित नेपाली श्रमिकको संख्या जोड्ने हो भने जम्मा ६३ जना पुगेको छ। जसमध्ये १३ जना संक्रमित नेपालीहरु उपचार सकिएर स्वास्थ्यलाभ लिइसकेको दूतावासले जनाएका छ्न।

कोरोनाले मलेसियामा कुनै नेपालीको मृत्यु नभएपनि , स्थानीय नागरिक र अन्य मुलुकको गरेर जम्मा १ सय १३ जनाले ज्यान गुमाइसकेका छ्न । संक्रमितको संख्या अहिलेसम्म ६ हजार ८ सय ७२ जना रहेको छ्न , जसमध्ये ५ हजार ५ सय १२ जनाले उपचार सकिएर स्वास्थ्य लाभ लिईसकेको र बाकी १ हजार २ सय ४७ जना अहिले अस्पतालमा उपचाररत रहेको मलेसियन स्वास्थ्य मन्त्रालयको तथ्यांकमा उल्लेख गरिएको छ।

कोरोनाले गर्दा मलेसियामा जारी एमसिओ र नेपालमा जारी लकडाउनले हवाई यात्रा पुर्ण रुपमा बन्द रहेकोले कम्पनी संगको श्रम सम्झौता सकिएर , भिसा सकिएर , अबैधानिक हैसियतमा अलपत्र अवस्थामा बसिरहेको करिब ३ हजार नेपालीहरु स्वदेश फर्किन सकेकोछैन।
मलेसिया सरकारले लकडाउन अवधी भित्र टिकट क्यान्सिल भएर , भिसा सकिएर बसेकाहरूलाई आ-आफ्नो देश फर्किने मौका दिदापनि नेपाल सरकार मौन बसेका छ्न।