अस्पतालमा महिलाको मृत्यु कोरोनाले भएको भन्ने पुष्टि भएको छैन:स्वास्थ्य तथा जनसंख्या मन्त्रालय।

काठमाडौं:= धुलिखेल अस्पतालमा मृत्यु भएकी सुत्केरी महिलामा कोरोनाभाइरस (कोभिड–१९) संक्रमण पुष्टि नभएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रष्ट पारेको छ।

मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले सञ्चार माध्यमसंगको कुराकानीको क्रममा सिन्धुपाल्चोककी २९ वर्षीया ति महिला वैशाख २३ गते त्रिवि शिक्षण अस्पतालमा भर्ना भएको र वैशाख २४ गते उनको नर्मल डेलिभरी भएको जानकारी दिएका छ्न।
उनी २५ गते डिस्चार्ज भएको र त्यसपछि सिन्धुपाल्चोक घर गएपछि ज्वरो, स्वासप्रश्वासलगायका समस्या देखिएपछि स्थानीय अस्पतालमा उपचार गराएको जानकारी पाएको देवकोटाले बताएका छ्न।

तर ति महिलाको स्वास्थ्य निको हुनुको साटो अवस्था थप जटिल बन्दै गएपछि धुलीखेल अस्पतालमा उपचारका लागि जाँदै गर्दा बाटैमा मृत्यु भएको जानकारी आएको डा.देवकोटाले बताए । 
यससम्बन्धमा मन्त्रालयले विस्तृत विवरण लिइरहेको भन्दै कोरोनासम्बन्धी रिपोर्ट प्राप्त भएपछि मन्त्रालयले आधिकारिक पत्र सार्वजनिक गर्ने बताए।