क्वालालम्पुर (मलेसिया):= नेपाल तामाङ घेदुङ प्रवास शाखा मलेसियाले आफ्नो पाँचौँ अधिवेशन तथा २१औँ वार्षिक उत्सव आयोजना गर्ने भएको छ।
“संसार भरी छरिएर रहेका तामाङहरू एक हौँ, हाम्रो भाषा, धर्म र संस्कृतिको जगेर्ना गरौँ” भन्ने मूल नारासहित कार्यक्रम आयोजना गर्न लागिएको हो। आयोजकका अनुसार सो कार्यक्रम यसै वर्ष २०२६ आउँदो महिना सेप्टेम्बर १३ गते आइतबार बिहान ११ बजे क्वालालम्पुरस्थित होटल ग्रान्ड कन्टिनेन्टलमा आयोजना हुनेछ।
कार्यक्रममा नेपाल तामाङ घेदुङ प्रवास शाखा मलेसियाको पाँचौँ अधिवेशनसँगै २१औँ वार्षिक उत्सव पनि मनाइने महासचिव सविन लोप्चन तामाङले जानकारी दिनुभयो। अधिवेशनले संस्थाको आगामी कार्यदिशा, नेतृत्व तथा तामाङ समुदायको भाषा, धर्म, संस्कृति र पहिचान संरक्षणका विषयमा महत्वपूर्ण निर्णय गर्ने अपेक्षा गरिएको छ।
तामाङ समुदायको एकता, सामाजिक सहकार्य तथा मौलिक संस्कृति संरक्षणलाई प्राथमिकतामा राख्दै आयोजना हुन लागेको कार्यक्रममा मलेसियामा रहेका नेपाली तथा तामाङ समुदायका सदस्यहरूको सहभागिता रहने आयोजकले जनाएको छ।
कार्यक्रमलाई विभिन्न संस्था तथा व्यवसायिक क्षेत्रबाट सहयोग प्राप्त हुने आयोजकले जनाइएको छ। बिशेष सहयोगीमा मण्डला रेष्टुरेन्ट र आरटिएफसी फुटबल क्लब रहेका छ्न भने, मिडिया पार्टनरमा मलाया खबर लगायत सञ्चारमाध्यम रहेको छ।




















