क्वालालम्पुर, मलेसिया — नेपाली गीत–संगीत तथा सांस्कृतिक क्षेत्रलाई प्रवर्द्धन गर्ने उद्देश्यसहित मलेसियामा ‘५ औँ सिल्भर इन्टरनेसनल म्युजिक अवार्ड–२०२६’ तथा विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ।
प्रियसी म्युजिक प्रालिको प्रस्तुति र ब्यबस्थापन मा आयोजना हुने उक्त कार्यक्रम सेप्टेम्बर ६, २०२६ (आइतबार) दिउँसो २ बजे क्वालालम्पुरस्थित होटल ग्राण्ड कन्टिनेन्टलमा आयोजना हुने कार्यक्रमले विदेशमा रहेर नेपाली कला, संगीत र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा योगदान पुर्याइरहेका कलाकारलाई एउटै मञ्चमा जोड्ने अपेक्षा लिएर कार्यक्रम गर्न लागिएको आयोजक तथा प्रियसी म्युजिक प्रालि का अध्यक्ष राजेन्द्र पुरि र ब्यबस्थापक बबिता श्रेष्ठ ले जानकारि दिनुभयो।
कार्यक्रममा वरिष्ठ कलाकार हिङ्सबाला गौतम, वरिष्ठ कलाकार गीता नेपाल, वरिष्ठ कलाकार रश्मि पाण्डे, गायक अमृत खाती, गायिका स्मृति गौतम, निर्देशक तथा मोडल अन्जान शर्मा, गायक धर्मराज न्यौपाने, गायिका सिमा थापा, गायक रूपक परियार, गायिका कल्पना बली, कलाकार चक्रघोज भण्डारी, मोडल तथा गायिका प्रनिता तामाङ, मलेसियाका कलाकार तथा आयोजक डेभिड घिमिरे, गायक अर्जुन खरेल, गायक नविन परियार तथा गायक तथा मोडल अपुरण गौतमलगायतको सहभागिता रहने जनाइएको छ।

कार्यक्रममा पुरन राजकोटी मगर कार्यक्रम उद्घोषक र बरिस्ठ पत्रकार ऋषि थापलिया समेत प्रस्तोताका रूपमा रहने भएका छ्न ।

कार्यक्रमको अध्यक्षता बबिता श्रेष्ठ पुरि ले गर्ने तथा राजेन्द्र पुरी ब्यबस्थापक रहने तय भएको छ । कार्यक्रम लाइ लागि नेपाल एयरलाइन्स एयरलाइन्स मलेसिया मा एक्दमै प्रसिद्द नाम कमाएको फुटबल क्ल्व RTF फुटवल क्ल्व क्लाङ सहर को प्रतिस्ठित मिनि मार्ट एन बि रमाइलो मार्ट जनसम्पर्क समिति मलेसिया नेप्स्या लाङ्गालि चुलो लगाएत का सहयोगि ले सहयोग गर्ने भएका छ्न ।
ट्राभल पार्टनरका रूपमा सहभागी छन्। मध्याह्न रास्ट्रीय दैनिक मलेसिया मा प्गप्रतिस्ठित मलाया खावर लगायत मिडिया पार्टनरका रूपमा रहेका छन्।
आयोजक प्रियसी म्युजिक प्रालि का अनुसार मलेसियामा नेपाली कला र संस्कृतिको प्रवर्द्धनसँगै कलाकार तथा स्रष्टाहरूलाई सम्मान र प्रोत्साहन गर्ने उद्देश्यले लिएर सेप्टेम्बर ६,मा दिउँसो २ बजे बाट होटल ग्राण्ड कन्टिनेन्टल, क्वालालम्पुर मा ५औँ सिल्भर इन्टरनेसनल म्युजिक अवार्ड–२०२६ तथा विविध सांस्कृतिक कार्यक्रम गर्ने तय भएको र निसुल्क कार्यक्रम हेर्न सकिने भएको ले सबै लाइ उपस्थित हुन आग्रह गरेको छ ।




















