मलेसियामा सेक्युरिटीगार्डमा कार्यरत नेपालीश्रमिक इन्दलले गरे आत्महत्या।

[ आरएन चौधरी थारु / तिलोचन गौतम ]


क्वालालम्पुर ( मलेसिया ):= मलेसियामा सेक्युरिटी गार्डमा कार्यरत एक नेपाली युवा श्रमिकले झुन्डिएर आत्महत्या गरेका छ्न ।

यतिबेला मलेसियामा कोरोना नियन्त्रण गर्ने भनेर मोभमेन्ट कन्ट्रोल अर्डर , आवागमन नियन्त्रण आदेश जारी गरिएको छ। एमसिओ अवधीको बिचमै मलेसियाको आवाप सेभ गार्ड नामक सेक्युरिटी कम्पनीमा कार्यरत नेपाल ठेगाना सप्तरीका इन्दल कुमार यादबले मङगलबार बिहान घाटीमा पासो लगाएर आत्महत्या गरेका हुन ।

यादब ३ महिना पहिले इम्प्रेरीयल इन्टरनेसनल म्यानपावर कम्पनी काठमाडौं बाट मलेसिया आएका थिए । उनी एक हप्ता काम गरे पश्चात नेपाल फर्कने भन्दै काम छोडेर मलेसियाकाे क्वालालम्पुर स्थित सेन्तुल होस्टेलमा बस्दै आएका थिए । कम्पनीले म्यानपावर कम्पनी संग कुरा गरेर नेपाल फर्काउने तयारी गरेको थियो । तर मलेसियामा एमसिओ र नेपालमा लकडाउन भएको कारण नेपाल जान नपाएकाे आवाप सेभ गार्ड मै कार्यरत एक नेपाली श्रमिकले जानकारी गराउनुभयो।

यादबले २ हप्ता पहिले पनि आत्मा हत्याको प्रयास गरेको तर हस्पिटल लगरे उपचार गरी बचाइएको बताए । तर नाइट ड्युटीबाट आएका साथीहरु सुते पछि आज मङ्गलबार बिहान करिब ९:३० बजे तिर होस्टेल भित्र नै झुन्डिएर आत्माहत्या गरेको जानकारी दिएका छ्न।
यादव नेपाल बाट आए देखि नै केही दिन काम गरेपछि काम मन नपरेको भन्दै काम मा नजाने मदिरा सेबन गर्ने गर्दै,गाँजा सेवन गर्दै कोठामा बस्दै आएका संगै बस्ने कामगर्ने नेपालीहरुले बताए।

शव पोस्टमार्टमको लागि क्वालालम्पुर हस्पिटलमा लगेको छ । आत्माहत्यको कारण यहि भनेर भने खुल्न सकेको छैन । यधपी साथिहरुका अनुसार उनी नेपाल जान नपाएकोमा एकदमै चिन्तित थिए ।
मलेसियामा जारी एमसिओ र नेपालमा जारी लकडाउनका बिच नेपाल फर्किने तयारीमा रहेका कैयौं नेपाली श्रमिकहरु मलेसियामा अलपत्र परेका छन । भोकभोकै अवस्थामा बस्न बाध्य भएका छ्न।