NRNA मलेसियाद्वारा खाद्यसामाग्रीको अभाव झेलिरहेका नेपाली कामदारलाई नि:शुल्क खाद्यान्न सहयोग।

[ तिलोचन गौतम ]

मलाया खवरद्वारा सञ्चालित अभियान मलेसियामा रहेका समस्यामा परेका नेपाली श्रमिकलाई सहयोग अभियान अन्तर्गत यस् बिपतको घडीमा कुनैपनी नेपाली खाद्यान्न अभाव भइ भोकभोकै नपरुन भन्ने उदेश्यले एक नेपाली ले अर्को नेपाली लाई समस्या पर्दा सहयोग गर्ने अभियानमा गैरआवासीय नेपाली संघ ( nrna ) मलेसियाले पनि साथ दिने भएको छ ।

गैरआवासीय नेपाली संघ मलेसिया ले NCC मलेसियाका केन्द्रीय सदस्य केशव कान्त झाको पहल तथा सक्रियता मा खाद्यान्न समस्या झेलिरहेका निलाई स्थित समारा मा बसोबास गर्दै आएका नेपाली हरुलाइ खाद्य सामाग्री उपलब्ध गराइएको हो।

गैरआवासीय नेपाली संघ मलेसिया परिवार खाद्य समाग्री को अभाव कसैलाई भए केन्द्र तथा क्षत्रीय साखाले पायक पर्ने स्थानमा सहयोग गर्ने कोसाध्यक्ष कृष्ण नेपाल ले जानकारी दिनुभयो ।

महामारीले पर्न गएको यो असर र दु:खद घडीमा सबै नेपाली एकाबद्द भएर पारस्परिक सहयोगको भावना लिएर नेपाली हरु अगि बड्नुपर्ने बताउदै गैरआवासीय नेपाली संघ मलेसियाका महासचिव हेमराज सापकोटा सबैलाइ सम्यमित र सुरक्षीत रहन अनुरोध समेत गरेका छ्न।