मलेसियामा बिगत लामो समयदेखी बसोबास गर्दैआईरहेका नेपाली ब्यवसायी,कलाकार तथा समाजसेवी फुर्वा दोर्जे मोक्तान तामाङले राहत स्वरुप नि:शुल्क खाद्यान्न सामाग्री सहयोग गरेका छ्न ।
मलाया खबरद्वारा सञ्चालित अभियान अहिले कोरोना भाइरसको कारण बिपत्तको बेला मलेसियामा रहेको कुनै नेपाली श्रमिकलाई समस्या नपरोस , एक नेपालीले अर्को नेपालीलाई सहयोग गरौं भन्ने हेतुले सञ्चालित यस अभियानमा सामेल समाजसेवी फुर्वा दोर्जे मोक्तान तामाङले विभिन्न कारणबस असाध्यै समस्यामा परेका खाद्यान्न सामाग्री जोहो गर्न नसक्ने ११ जना भन्दा बढी नेपालीहरुलाई राहत स्वरुप खाद्यान्न सामाग्री बितरण गरि सहयोग गरेका छ्न ।



मलेसियाको सेरेम्बान २ नम्बरमा मा बस्ने नेपाली श्रमिकहरुलाई त्यसैगरी सेनावाङ्ग २ मा, जेलाबु सेक्सन २ र निलाइ ५ मा बसोबास गर्ने नेपाली श्रमिकहरुलाई राहत स्वरुप खाद्यान्न चामल,दाल,नुनतेल,मसला, तरकारी र केहि आर्थिक रकम दिएर सहयोग गरेका हुन ।
मलेसियामै रहेर रेष्टुरेन्ट ब्यवसाय संगसंगै,कलाकारिता र समाजसेवीको क्षेत्रमा ख्यातीप्राप्त नाम कमाइसकेका तामाङले बताए अनुसार अझैपनी थुप्रै नेपालीले यो मलेसियामा जारी मोभमेन्ट कन्ट्रोल अर्डरले विभिन्न समस्या परेर सहयोगको याचना गरेको सुनाए , र ती समस्यामा परेका नेपालीहरुलाई एकएक गरेर सहयोग गर्ने,साथ दिने समेत प्रतिबद्धता जनाए।
मलाया खबरले चालेको यस् अभियानमा कोहि जोडिन चाहनुहुन्छ भने अथवा कुनै नेपाली नागरिकलाई सहयोग चाहिएको हो भने निम्न मोबाईल नम्बरहरुमा फोन गरेर अथवा ह्वाट्सएप मार्फत सम्पर्क गर्न सक्नुहुनेछ। +60147488888) +601111877340 / +60178062545 +60127549850


















