एजेन्सी := भारतको राजधानी नयाँ दिल्लीमा सन् २०१२ को डिसेम्बरमा भएको निर्भया बलात्कारका चार दोषीलाई अन्ततः शुक्रबार बिहान पाँच बजेर ४५ मिनेटमा फाँसी दिइएको छ ।
लामो कानुनी दाउपेचपछि निर्भयाका चार दोषी अक्षय, विनय, मुकेश र पवनलाई दिल्लीस्थित तिहाड जेलमा फाँसी दिइएको हो । अन्तिम प्रयास स्वरूप दोषीका वकिलले गएराती सर्वोच्च अदालतमा फाँसी रोक्न प्रयास गरेपनि राति ३ बजेर ४५ मिनेट जाँदा दोषीको याचिका खारेज गर्दै फाँसी हुने निश्चित भएको थियो।

यस अघि पटक पटक स्थगित हुदै अदालतले मार्च २० मा फाँसी हुने दिन तोकेको थियो । २०१२ को यस घटनालाई भारतको इतिहासमै दर्दनाक बलात्कारको घटना मानिन्छ । यस घटनाका ६ आरोपी मध्ये एक आरोपी राम सिंहले जेलमै आत्महत्या गरेका थिए भने एक जना नबालिंग भएकाले रिहा गरिएको थियो ।



















