काठमाडौं । निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले विजयप्रकाश मिश्रविरुद्ध गाली बेइज्ज्ती मुद्दा दायर गरेका छन् ।
आफुविरुद्ध झुटो आरोप लगाएको भन्दै शुक्रबार आफ्नो प्रतिनिधिमार्फत काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेका हुन्।
उनले आफै उपस्थित भएर मुद्दा दायर नगरी आफ्ना प्रतिनिधिमार्फत दायर गरेका हुन् ।
उलने आज ट्वीट गर्दै लेखेका छन् – म विरुद्ध लगाइएको झुट्टा लाञ्छना र गालिबेइज्ज्तीको विरूद्धमा मैले आज आफ्ना प्रतिनिधिमार्फत जिल्ला अदालत, काठमाडौंमा न्याय माग गदै मुद्दा दायर गरेको जानकारी सबैमा गराउँदछु । धन्यवाद





















