खेल क्षेत्रमा उच्च लगानी रहेको छ : मुख्यमन्त्री राई

सोलुखुम्बु । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश नं १ लाई खेलकूदको राजधानीका रूपमा विकास गर्ने गरी काम भइरहेको जानकारी दिएका छन्  । तेस्रो मदन भण्डारी स्मृति कप पुरुष भलिबल प्रतियोगिताको समापन समारोहलाई  शनिबार यहाँ सम्बोधन गर्दै उनले  प्रदेश सरकारले खेलक्षेत्रमा रु ४२ करोड लगानी गरेको जानकारी दिए । 

सोलुखुम्बुमा निर्माणाधीन अवस्थामा रहेको कभर्डहललाई उदाहरणका रूपमा प्रस्तुत गर्दै मुख्यमन्त्री राईले सयाँै हल निर्माणाधीन अवस्थामा रहेको बताए ।  प्रदेश नं १ लाई समृद्ध बनाउने गरी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सरकारले काम गरिरहेको उनले बताए ।  मुख्यमन्त्री राईले भने, “समृद्ध नेपाल, सुखी नेपाली को नाराले सार्थकता पाउने गरी काम भइरहेको छ । ”