झापा । झापामा जारी सताक्षी गोल्डकपको उपाधिका लागि मच्छिन्द्र क्लब र थ्री स्टार भिड्ने भएका छन् । शनिबार भएको दोस्रो सेमिफाइनलमा मच्छिन्द्रले त्रिभुवन आर्मीलाई २–० ले पराजित गर्दै फाइनलमा थ्री स्टारसँगको भेट पक्का ग-यो । थ्री स्टार यसअघि नै फाइनलमा पुगिसकेको थियो ।
खेलको २१औं मिनेटमा मच्छिन्द्रले रेजिनसुब्बाको गोलमा अग्रता बनायो । पहिलो हाफमा एक शून्यको अग्रता बनाएको मच्छिन्द्रले दोस्रो हाफमा थप एक गोल ग¥यो । खेलको ७३औं मिनेटमा मच्छिन्द्रले उपहार गोलमा अन्तर २–० मा पु¥यायो । मच्छिन्द्रका विशाल राईको प्रहारलाई रोक्ने क्रममा विकास खवासले आफ्नो पोष्टमा गोल गर्न पुगे ।
त्यसपछि आर्मीले खेलमा फर्कन हर प्रयास गरे पनि सफल हुन सकेन । जसका कारण आर्मी सेमिफाइनलबाट बाहिरियो । फाइनल खेल आइतबार हुनेछ । यसअघि थ्री स्टारले घरेलु टिमलाई ३–० ले हराउँदै फाइनलमा स्थान बनाइसकेको छ ।
यसअघि क्वाटरफाइनलमा मछिन्द्रले गोर्खा ब्वाइज रूपन्देहीलाई २–१ गोल अन्तरले पराजित गरेको थियो । आर्मीले दार्जिलिङको एमएफसीलाई २–१ गोल अन्तरले हराउँदै सेमिफाइनलमा स्थान बनाएको थियो ।
सतासी धाम स्पोर्टिङ क्लबको आयोजनामा जारी प्रतियोगिताको विजेताले ६ लाख नगद पाउनेछ । उपविजेताले ३ लाख पाउने छ । यस्तै प्रतियोगिताका म्यान अफ दि टुर्नामेण्टले ५० हजार र हाइ स्कोररलाई २५ हजार पाउनेछन् । त्यस्तै, उत्कृष्ट मिडफिल्डर, फरवार्ड, डिफेण्डर, गोलकिपर र उत्कृष्ट प्रशिक्षकले जनही २०÷२० हजार पाउनेछन् ।




















