अनुहारै छोपिएको अभिनेताको साथमा नयाँ फिल्म ‘प्रेम पुजा’को पोस्टर रिलीज।

शिवरात्रीको अवसर पारी नयाँ फिल्म ‘प्रेम पुजा’को पोस्टर रिलीज भएको छ । अमरदीप सापकोटाले निर्देशन गर्ने यस फिल्ममा मूख्य भूमिकामा रहने अभिनेताको नाम र अनुहार भने खुलाईएको छैन ।

शिवरात्री बिशेष पोस्टरमा अभिनेताको पुरा अनुहार लुकाईएको छ । निधारमा त्रिपुण्ड लगाएका तथा धार्मिक वस्त्रमा रहेका अभिनेतालाई फिल्मको औपचारिक घोषणा कार्यक्रममा मात्र चिनाउने तयारी रहेको निर्देशक सापकोटाले बताए ।

आगामी विजया दशमीमा रिलीज गरिने जनाईएको यो फिल्म प्रेमकथामा आधारित हुने बताइएको छ । फिल्मको काठमाडौं, चितवन र भारतको बनारसमा छायांकन हुनेछ । ईन्टरटेन्मेन्ट वर्ल्डवाईड प्रा.लि.ले निर्माण गर्ने फिल्ममा कथा, पटकथा तथा संवाद अभिमन्यु निरबीको रहेको छ ।( फिल्मी खबरबाट )