दीपकराज गिरीको झट्टारो : उज्यालो हुन नपाउदै हेप्नी ?

काठमाडौं:= सरकारका प्रवक्ता तथा सञ्चरमन्त्री गोकुल बास्कोटाले ७० करोड कमिसन,घुस डिमान्ड गरेको,मागेको अडियो विभिन्न सञ्चारमाध्यममा सार्बजनिक भएसँगै यतिबेला सञ्चारमन्त्रीको चौतर्फी विरोध भएको छ ।

समाचार बाहिरिएसँगै कलाकार दीपकराज गिरीले सांकेतिक रुपमा समाजिक संजाल फेसबुकमा एक स्टाटस लेख्दै सेयर गरेर व्यङग्य गरेका छन् ।

गिरीले लेखेका छन् ‘मिर्मिरे उज्यालो पनि हुन नपाउँदै, भाले पनि नबास्दै ‘हेप्नी ?’ उक्त अडियो सहितको समाचार सार्बजनिक भएपछि मन्त्री बास्कोटा, नेकपा र सरकारको भने अहिलेसम्म आधिकारीक रुपमा कुनै धारणा बाहिर आएको छैन ।