काठमाडौं । सफल मानिएको नेपाली चलचित्र ‘मारुनी’को विदेशको शो का लागि चलचित्रकी निर्मात्री पुनम पाण्डेय र नायिका साम्राज्ञी राज्य लक्ष्मी शाह लण्डन जाने भएका छन् । अष्ट्रेलिया, जापान लगायतका देशमा राम्रो प्रतिक्रिया पाइसकेको यो चलचित्र अब बेलायतको राजधानी लण्डनमा देखाउन लागिएको हो ।
२३ फ्रेबुअरीमा अल्डरसटस्थित एम्पायर हलमा यो चलचित्रको विशेष शो आयोजना हुन लागेको हो । एनआरएन यूकेका उपाध्यक्ष सुनिल खड्काले साम्राज्ञी र निर्मात्री गौतम लण्डन आउने निश्चित भएको बताए ।
खड्काका अनुसार चलचित्र हेर्नका लागि १० बर्ष भन्दा तलका बालबालिका र ६० बर्ष माथिका मानिसहरूलाई निःशुल्क व्यवस्था गरिएको पनि जानकारी दिए । चलचित्रको विशेष शोमा सहभागी हुने फ्रेवुअरी २१ मा साम्राज्ञी र पुनम लण्डन उड्नेछन् । निर्मात्री गौतमका अनुसार, लण्डनमा आयोजना हुन लागेको शोका लागि सम्पूर्ण टिकट बिक्री भइसकेको छ ।
नवल नेपाल निर्देर्शीत यो चलचित्रमा साम्राज्ञी राज्यलक्ष्मी शाह, रेविका गुरुङ र पुष्पल खड्काको मुख्य भूमिका छ ।



















