पर्दामा अञ्जली र शरदको जोडी

काठमाडौं । लोकप्रिय मोडल अञ्जली अधिकारी र शरद गिरीको जोडी पर्दामा सँगै देखिएका छन् । संगीतकार शिखर सन्तोषको संगीतमा गायिका सञ्जीवनी र किरण अधिकारीको स्वरमा नयाँ प्रेम गीत ‘तिमी त्यसै त्यसै राम्री’ सार्वजनिक गरिएको हो । गीतमा सञ्जय बरालको शब्द छन् भने । यस्तै, शंकर पाण्डेले निर्देशन र सम्पादन गरेको भिडियो युवराज न्यौपानेले खिचेका हुन् ।