रामधुनीमा मधेशी मिथिला एकता समाज संगठीत।

सुनिल चौधरी,,


झुम्का:= रामधुनीमा मधेशी मिथिला एकता समाज संगठीत भएका छन् । सामुहिक रुपमा मिथिला संस्कृतिहरुको संरक्षण तथा समुदाय एक गोलबन्ध हुने उधेश्यले रामधुनीमा नयाँ कार्य समिति गठन गरेका हुन् ।

मधेशी मिथिला एकता समाज रामधुनी नाकारण गरिएको छ । समितिले मधेशी मिथिला समुदायको हकहित, अधिकार, संस्कृति प्रवद्र्धन गर्ने खालका कार्यक्रम गर्ने उधेश्यरहेको जानकारी दिएका छन् । रामधुनीमा ६ हजारको संख्यामा रहेको मधेशी समुदाय सांस्कृतिक रुपमा संगठित हुन नसकेकोले यस समितिको आवश्यक्ता भएको बताए । समितिबाट सबैलाई एकसुत्रमा ल्याउदै सामाजिक पहिचान हुने संस्कार परम्पराहरुको उजागर गर्ने योजनाहरु रहेकोे नव गठित समितिका अध्यक्ष भोला प्रसाद रौनियारले रामधुनी खबर साप्ताहिक पत्रिकालाई बताए ।

११ सदस्य समिति गठित समितिको उपाध्यामा धमेन्द्र साह, सचिवमा राजकुमार साह,सहसचिवमा पुनम साह, कोषध्यक्षमा श्यामकुमारी साह चयन भएका छन् । सदस्यहरुमा रामरोहित ठाकुर, चन्द्र भुषण झा,कमल रौनियार, रमेश जैसवाल, सम्भु साह र शुसिला साह चयन भएको हो । सल्लाहकारमा शत्रुधन राय, श्याम साह, रामकरण खर्गा, अशोक गुप्ता र शुरेस ठाकुर रहेका छन् ।