जबर्जस्ती करणी मुद्दामा थुनामा रहेका पुर्व सभामुख कृष्ण बहादुर महरा निर्दोष सावित।

काठमाडौं := अन्तततः पुर्व सभामुख कृष्ण बहादुर महराले सफाइ पाएका छन् ।जबर्जस्ती क’रणी उद्योगको मु’द्दामा काठमाडौं जिल्ला अदालतले महारालाई सोमबार सफाइ दिएको हो। न्यायाधीश अम्बरराज पौडेलको इजलासले महरालाई सफाइ दिएको हो । काठमाडौं जिल्ला अदालतका श्रेस्तेदार आनन्दप्रसाद श्रेष्ठले भने, “अभियोग दाबी नपुगेकाले उनले सफाइ पाउने ठ’हर गरिएको छ।”

मुद्दाको बहस आइतबार नै सकिए पनि फैसला लेख्न समय नपुगेपछि मु’द्दा हेर्दाहेर्दैमा राखिएको थियो । महराको पक्षबाट रमण श्रेष्ठ, भीमार्जुन आचार्य, शेरबहादुर केसी, लव मैनाली लगायतका ३७ जना अधिवक्ताले बहस गरेका थिए । संघीय संसद सचिवालयमा कार्यरत कर्मचारी माथि ब’ला’त्कारको प्रयास गरेको आ’रोपमा महरा वि’रुद्ध जिल्ला अदालत काठमाडौंमा मु’द्दा दर्ता भएको थियो ।

असोज १२ गते संसद् सचिवालयकी कर्मचारी लाई ब’ला’त्कार गरेको आ’रोप लागेपछि महराले असोज १४ गते सभामुखबाट राजीनामा दिएका थिए। लगत्तै उनी असोज १९ गते महा अष्टमीका दिन सभामुखको सरकारी निवास बालुवाटारबाट प’क्राउ परेका थिए ।करिव १ महिना प्रहरी हि’रासतमा रहेका महरालाई काठमाडौं जिल्ला अदालतले कात्तिक १९ गते पु’र्पक्षका लागि जे’ल चलान गराउने आदेश दिएको थियो ।