काठमाडौं :=नेपाली चलचित्र क्षेत्रकि अभिनेत्री महिमा सिलवाल र उनकी बहिनी शर्मिला सिलवालको सवारी दुर्घटनामा परी मृत्यु भएको ।
काठमाडौंबाट चितवन जानेक्रममा दिदिबहिनी सवार बा ९८ प ७०५८ नम्बरको स्कुटरलाई लु २ ख १३५ नम्बरको बसले धादिङको गजुरी गाउँपालिका २, चाम्बासमा बुधबार साँझ ठक्कर दिएको र अस्पतालमा उपचारका क्रममा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ ।
भरतपुर महानगरपालिका–१२ शिवनगर स्थायी घर भएकी महिमाले ‘कारवाही’ चलचित्रबाट डेब्यु गरेकी थिइन् । त्यसयता उनले ‘अप्रिल फुल’, ‘चियर्स’, ‘दानव’, ‘जिग्लो’लगायतको चलचित्रमा काम गरेकी थिइन् ।
प्रहरीले बससहित चालकलाई नियन्त्रणमा लिइ कारबाही चलाएको जनाएको छ ।




















