क्वालालम्पुर (मलेसिया ):=नेपालको बैतडी जिल्ला पाटन नगरपालिका ७ निवासी पासपोर्ट,राहदानी नम्बर ११२९४६०२ भएका रमेश चन्द रोजगारीका लागि मलेसिया केही महिना अगाडि मात्रै आइपुगेका कामदार हुन।
उनी आएलगत्तै केही समय काम गर्दागर्दै अशक्त,अपाङ्ग भएर बिरामी परे पछि नेपाल फर्किने बिचार गरे तर कम्पनीले नेपाल् जान दिएनन् उनलाई ।
मलेशियाको मलक्का भन्ने ठाउँमा रहेको रबर लेजर, ल्याटेक्स प्रोडक्टस एसडिएन बिएचडी कम्पनीमा केही महिना अगाडी कामगर्न आइपुगेको रमेश अहिले नेपाल जाने बाटो खोजी रहेका छन् बिदेशी भुमरीमा बिरामी पर्दा उनको एउटा हातमा समस्या पछि तनावमा परेका हुन् ।

नेपाल बाट मलेसिया पठाउने यजेन्ट शिव खत्री रहेको बताएका छन् मेनपावरको नाम भने खुलाएका छैनन् अहिले ठूलो पीडामा परेका छन् काम गर्न पनि सक्दैनन् घर फर्किन पनि सकेका छैनन् । रमेश घर फर्कन चाहेपनि नेपाल स्थित म्यानपावर एजेन्ट शिव खत्री र उनि कार्यरत कम्पनीले बेवास्ता गरेपछि उनलाई घरफर्कन समस्या भएकाे जानकारी प्राप्त भएको छ।
बिरामी रमेशले मलेसियाका लागि नेपाली राजराजदुतावास(nepal mbc) मा सम्पर्क गरेर घर फर्किन सहयोग मागेपनी चाहेपनि उनि बारम्बार असफल हुँदै आईरहेका छ्न । दुतावासले घर फर्काउने पहल गर्ने बताएपनि अझैसम्म नगरेकाे र आफुसंग आर्थिक अवस्था कम्जाेर भएकाले घर फर्किन पनि समस्या भएकाेले सम्बन्धित सबैलाई सहयोगकाे लागि उनलेे अपिल समेत गरे ।




















