नेपाली कामदार मलेसिया आउन पैसा तिर्नुपर्दैन:मलेसिया स्थित नेपाली राजदुतावास।

क्वालालम्पुर ( मलेसिया ):= मलेसियास्थित नेपाली राजदूतावास (नेपाल एमबिसी) ले मलेसिया आउन चाहने नेपाली श्रमिकलाई कुनै पनि खर्च नलाग्ने बुधबार एक सूचना जारी गर्दै प्रष्ट पारेको छ।

मलेसियाबाट आएको मागपत्र प्रमाणित गरी वैदेशिक रोजगार व्यवस्थापन सूचना प्रणालीमा अपलोड हुने र त्यसको जानकारी सबै इजाजत प्राप्त नेपाली संस्थालाई स्वतः जाने भएकाले मागपत्र प्रमाणीकरण सम्बन्धि नक्कली कागजात बनाई रकम असुल्ने काम भइरहेको प्रति ध्यानाकर्षण भएको
र दूतावासबाट प्रमाणीकरण भएको मागपत्र प्राप्त गर्न पैसा तिर्न नपर्ने पनि जानकारी दूतावासले जारी गरेको सो सुचनामा लेखिएको छ।

नक्कली कागजातबाट टाढै रहन पनि दूतावासले सुझाव दिनुको साथै दूतावासले सूचना जारी गर्दै कहिँ कतैबाट माग पत्र प्राप्त गर्नका लागि पैसा लिएको पाएमा दूतावासलाई जानकारी गराउन पनि अनुरोध गरेको छ।
दूतावासबाट जारी सूचनामा मलेसियामा भएका कामहरु प्रमाणीकरण गरेर दुतावासको वेभसाइटमा राखेको हुँदा नक्कली कागजातबाट हुने ठगीबाट बच्न पनि नेपाली जनसमुदायमा आग्रह गरिएको छ।