काठमाडौं । ललितपुरको बखुन्डोलस्थित उत्तर कोरियाली दूतावास नजिकै कवाडीखानामा भीषण आगलागी भएको छ । केहीबेर अघि उक्त कवाडीखानामा आगलागी भएको हो ।
आगलागीमा परी एक जना घाइते भएका छन् ।
आगोले कवाडीखाना नजिकैको घरहरुमा समेत क्षति पुर्याएको छ । स्थानीयका अनुसार अहिले आगो निभाउने प्रयास जारी छ ।




















