कोल्हबी (बारा) := बाराको कोल्हबी नगरपालिका वडा न.४ मा अवस्थित त्रिभुवन विश्वविद्यालय द्वारा सम्बन्धन प्राप्त यस सपही कलेजले सनिवार एक समारोहका बिच सातौं बार्षिकोत्सव कार्यक्रम सम्पन्न गरेको छ।
श्री ने.रा उच्च मा.बि सपहीको प्राङ्गणमा क्यामपस सभाका अध्यक्ष श्री केबल प्रसाद चौधरीको अध्यक्षता र कोल्हबी नगरपालिकाका नगर प्रमुख भरत बहादुर भण्डारीको प्रमुख अथित्वमा सम्पन्न भएको कार्यक्रममा ४१ जना +2 मा अध्यनरत छात्राहरुलाई कोल्हबी नगरपालिका द्वारा साइकल वितरण गरिएको छ।


कार्यक्रममा समुदायक क्याम्पस प्रदेश न.२का संयोजक प्रभु पटेल, विधालय व्यवस्थापन समितीका अध्यक्ष तपेश्वर राय थारु,उधोग वाणिज्य संघ शाखा कोल्हबीका अध्यक्ष महेश कुमार साह,वडा न.४ का वडा अध्यक्ष भेष बहादुर धकाल,वडा न.६ का वडा अध्यक्ष पुरनदेब चौधरी,वडा न.७ का वडा अध्यक्ष बिरेन्द्र चौधरी लगायतले क्याम्पसलाई शुभकामना व्यक्त गर्नु भएको थियो भने उक्त कार्यक्रममा प्रतिबेदन पेस क्याम्पसका अध्यक्ष रामप्रसाद चौधरीले गर्नु भएको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै कोल्हबी नगरपालिकाका नगर प्रमुख भण्डारीले नगरपालिकाबाट हुने सम्पुर्ण सहयोग आफू प्रति बिश्वस्त रहेको उहाले बताए ।


उक्त कार्यक्रममा खेल्कुदमा उत्कृष्ट हुने बिद्यार्थीहरुलाइ सिल मेदल तथा प्रमाणपत्र प्रदान गरिएको थियो भने सोही कलेजमा कार्यरत उत्कृष्ट पठ्न- पाठ्न गराउने शिक्षकहरुलाइ दोसाला ओढाइ समानित गरिएको थियो। कार्यक्रममा स्वागत मन्तव्य इन्दिरा देबकोटाको रहेको थियो भने कार्यक्रमको सहजीकरण गोबिन्द पौडेलले गर्नु भएको थियो।




















