सडक कालोपत्रे हुने भएपछि दंग

दमक/ लामो प्रतिक्षापछि झापाका गौरादह ५ बासीले कालोपत्रे सहितको सडक पाउने भएका छन् । शनिबार प्रदेश नं १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिकमत कुमार कार्कीले सडकको सिलान्यास गरेपछि यो प्रतिक्षाको घडी सकिएको हो । गौरादह ५ स्कुलचौनकी सुमित्रा काफ्लेले भनिन् ‘अव हाम्रो गाउँमा पनि कालेपत्रे सहितको सडक आउने भयो । ’ कालोपत्रे गरिएको सडक हेर्न गौरादह बजार वा त दमक पुग्नु नपर्ने भन्दै वर्षौ पछियो सपना अव चाहि पुरा हुने उनले अपेक्षा गरेकि छिन । गौरादह स्थित डिपु चोकबाट पश्चिम तर्फ स्कुलचौन गेउरिया सडकको सिलान्यास सम्पन्न भएपछि काफ्ले जस्तै यस क्षेत्रका नागरिकको सडक बन्ने छ भन्नेमा आशा पलाएको छ ।

अघिल्पटक पनि गौरादह स्कुलचौन सडक कालोपत्रेका लागी योजना बनाइएको केहि ठाउँमा काम गरे जस्तो गरे पनि बिचमा छोडेको र बनाएको केहि महिनामै भत्कीएपछि स्कुलचौन गौरादह गर्नै गाह्रो भएको अर्का स्थानीयबासी यज्ञ तिमिल्सिनाको भनाई छ । उनले भने अव त हाम्रै ठाउँका मन्त्रीज्यूले बाटो बनाउँछु भनेर सिलान्यास गर्नु भएको छ कसो नबन्ला? बाटो बन्छ भन्नेमा विस्वस्त देखीएका तिमिल्सिनालाई प्रदेश नं १ का आन्तरिक मामीला तथा कानुन मन्त्री हिकमत कुमार कार्कीले पनि मख्ख पारीदिएका छन् । सिलान्यास पछि बोल्दै उनले भने बजेटको अभावमा बाटो नबन्ने भन्ने कुरा अव कल्पना भन्दा बाहिरको कुरा हो । हामीले यो सडक निर्माण सम्पन्न गराउनका लागि बजेटको सुनिश्चितता गरिसेका छौ । ’मन्त्री कार्कीले भने बाटो बन्दैन कि भन्ने कुरामा कुनै कोणबाट संका नगर्न समेत उनले आम गौरादहबासीलाई आग्रह गरेका छन् । यो सडकले गौरादह स्कुलचौन का लागि मात्र नभएर झापा मोरङ र सुनसरी जोड्ने एउटा छोटो बाटोको रुपमा समेत विकास गराउने उनले बताए । उनले भने यो सडक स्कुलचोनबाट बालुबथान हुँदै डिम्बाउठा मावा पुल र मोरङको रङ्गेली हुँदै सुनसरीको दुहविबाट इनरुवा निस्केर कोशी सम्म पुर्याउने लक्ष्य रहेको छ । हामी यो कामलाई समयमै पर्णता दिने छौ । मन्त्री कार्कीले बताए । ८.६५३ किलामिटर लामो सडकको काठमाडौ स्थित धुकुछु बिटी जेभीले निर्माणको जीम्मा पाएको छ । १५ करोड ५२ लाख ९२ हजार ९ सय ५० रुपैँयाको लागतमा बन्न लागेको या सडक २०७८ साल कार्तीक २५ गते निर्माण सम्पन्न गरिसक्नु पर्ने सम्झौता छ । यद्यपी निर्माण कम्पनीका प्रतिनीध बुद्धिमान लिम्वुले समय अगावै सडक निर्माण गरिसक्ने प्रतिवद्धता जनाएका छन् । समयमा काम गरिनसक्दा हामी निर्माण कम्पनीको समेत बदानाम हुने डर छ हामी हामीले सम्झौता गरेको सडक समयमै सम्पन्न गछौ । लिम्वुले भने । पूर्वाधार विकास कार्यालय झापाले यो योजनाको कार्यान्वायन गर्ने छ भने बजेट प्रदेश नं १ सरकाले सुनिश्ति गरेको जनाइएको छ ।

गौरादह नगरपालिकाकी उप प्रमुख गतिा भेट्वालले गौरादह नगरको बजेटले निर्माण गर्न नसक्ने सडक तथा पूर्वाधारका योजनामा प्रदेश र संघिय सरकारसँग सहकार्य गरेर भएपनि आम नागरिकको कालोपत्रेमा हिड्ने सपना पुरा गराउने बताईन । अझै पनि यहि नगरपालिकाका धेरै वडामा कालोपत्रे मात्र हैन सहज रुपमा सडक सञ्जाल समेत जोड्न सकिरहेका छैनौ । नगरको बजेटको आकार सानो भएकोले सडक तथा पूर्वाधार विकासमा संघिय र प्रदेश सरकारको भर पर्नु अवस्था रहेको छ । उप प्रमुख भेट्वालले बताईन । जसरी भएपनि गौरादहबासीलाई सहज सडक सञ्जालमा जोड्ने उनको प्रतिवद्धता थियो । सिलान्यास कार्यक्रममा जील्ला समन्वय समितीका सभापति सोम पोर्तेल, पूर्वाधार विकास कार्यालय झापाका प्रमुख रमेश कुमार श्रेष्ठ, संविधान सभा सदस्य दिपक कार्की, गौरादह गरपालिकाका प्रमुख रोहिक कुमार शाह लगायत जनप्रतिनीधी तथा आम नागरिकको सहभागिता रहेको थियो ।