आइसी डिजाइनर रनवेका लागि मोडलको खोज

काठमाडौं । विगत ९ वर्षदेखि नियमित आयोजना हुँदै आएको फेसन सो ‘आइसी डिजाइनर रनवे’ आगामी चैत ८ गते आयोजना हुँदैन । होटल हायात रिजेन्सीमा आयोजना हुने उक्त फेसन शोका लागि मोडल छान्ने उद्देश्यले ‘आइससी डिजाइनर रनवे अडिशन’ आयोजना हुनेभएको छ ।

आगामी १२ गते शनिबार दरबारमार्गस्थित म्याग्नम् लाउञ्जमा आयोजना हने अडिशनका लागि आवेदनसमेत खुला गरिएको छ । जसमा ५ फिट ६ इन्च उचाइ भएका १८ वर्षदेखि २६ वर्षसम्मका महिला मोडलले आवेदन भर्न सक्नेछन् । आवेदन फारम नेक्स्ट मोडल्स नेपालको कार्यालय कालिमाटी, आइसी डिजाइनर बागबजार र चण्डोलबाट उपलब्ध हुनेछन् । 

अडिशनबाट उत्कृष्ट २३ मोडलको छनौट गरिनेछ । अडिशनबाट छानिएका मोडलले मात्र फेसन शोमा सहभागिता जनाउन पाउने शोको मानेजमेन्टको जिम्बेवारी लिएको नेक्स्ट मोडल्स नेपालका सिइयो रवि धमलाले जानकारी दिए । पूर्वमिस नेपाल तथा अभिनेत्री उषा खड्गी, आइसी कलेजकी प्रबन्ध निर्देशक शैलजा अधिकारी, वरिष्ठ फोटोग्राफर राजभाइ सुवाल, नेक्स्ट मोडल्स नेपालका सिइयो रवि धमलालगायत अडिशनको निर्णायकमा रहनेछन् । 

अडिशनबाट छनौट भएका मोडललाई भारतीय चर्चित कोरियोग्राफर अभिमन्यु सिंह तमोरको कोरियोग्राफीमा अहिलेसम्मकै फरक तरिकाले ¥याम्पमा उतारिनेछ । फेसन शोमा ३४ डिजाइनरले तयार पारेका पहिरनका आकर्षक डिजाइनर मोडलमार्फत ¥याम्पमा प्रस्तुत हुनेछ । ‘आइसी डिजाइनर रनवे’को मुख्य उद्देश्य नेपाली फेसन डिजाइनरको प्रचारप्रसार गर्दै उनीहरूले डिजाइन गरेका नेपाली फेसनका आकर्षक डिजाइन अन्तर्राष्ट्रियस्तरमा पु¥याउनु रहेको आयोजक आइसी कलेजकी प्रबन्ध निर्देशक शैलजा अधिकारीले जानकारी गराइन् ।