किसानले लगाए आफ्नो खेतमा सन्नी लियोनको पोस्टर ।

एजेन्सी(भारत):= भारतको आन्ध्र प्रदेशमा एक किसानले आफ्नो खेतमा बिकिनी लगाएकी सन्नी लियोनको पोस्टर राखेका छन् । त्यस् पोस्टरका बारेमा यतिबेला खुबै हल्लाखल्ला भएको छ । 

पोस्टर लगाएदेखि आफ्नो फसल राम्रो भएको किसानको दाबी छ । नेल्लोर जिल्लाको बान्दाकिन्दीपल्ली गाउँका किसान ए चेंचू रेड्डीले फसल,तरकारी बर्बाद हुनबाट बचाउनका लागि पोस्टर लगाएको उनी बताउँछन् ।सन्नीको पोस्टर लगाएपछि मानिसहरूले त्यही पोस्टर हेर्ने अनि फसल,तरकारी माथि कुदृष्टि नलागेको उनको भनाइ छ । 

आफ्नो खेत सडकछेउमै भएकाले आउनेजाने मानिसले खेतको फसलमा आँखा लगाइदिएर बर्बाद गरिदिएको उनी बताउँछन् । उनले आँखा नलागोस् भनी अनेकौं जादूटुना गरेको भएपनि काम लागेन । त्यसपछि उनको साथीले सन्नीको तस्वीर राख्न लगाए । त्यसपछि त मानिसहरू सन्नीलाई हेर्न थाले, फसलतिर ध्यान दिनै छोडे ।