काठमाडौं:= उमेरले २३ बर्ष पुगेकी गाईघाटकी सृजना चौधरी यतिवेला मोडलिङमा जम्दै छिन्, त्रियुगा नगरपालिका १२ गाईघाटकी चौधरी सानै देखि मोडलिङमा लागेकी हुन् ।

गाईघाट बरुवा क्याम्पसबाट प्लस टु सम्मको अध्यन सकेर हाल राजधानी काठमाण्डौमा नर्सिङको तयारी गर्दै गरेकी सृजनाले सन् २०१८ को मिस थारुको फस्ट रनर अपको उपाधि समेत जिति सकेकि छन् । मिस थारु फस्ट रनर अप भए पछि मोडलिङ क्षेत्रमा थप आत्माविश्वासका साथ उनी लागी परेकी छिन्, मोडलिङ संगै कुशल नृत्य समेत गर्ने उनले विभिन्न स्थानमा आफ्नो नृत्य समेत देखाई सकेकी छिन् ।


मिस थारु भए पछि उनलाई म्युजिक भिडियो र चलचित्रहरुमा काम गर्ने अफरहरु आईरहेको छ । सृजनाले हाल सम्म दुई थारु म्युजिक भिडियो र गायीक एन्जीला रेग्मीको गीतमा अभिनय गरी सकेकि छन् । मोडलिङलाई आफ्नो हबी बनाएर अघि बढेकी सृजनाले हालै भोजपुरी चलचित्र मेण्टल आसिकमा समेत अभिनय गरी सकेकी छिन् ।

रमाकान्त प्रसादको निर्देशनमा निर्माण भएको चलचित्र अब केहि समय भित्रै प्रदर्शनमा आउने छ । भोजपुरी चलचित्र पछि उनी हाल एक नेपाली चलचित्रमा अभिनय गर्दै छिन् । ५ फिट ३ इन्च उचाई भएकी सृजना मोडलिङमा अझ जम्दै अघि बढ्ने बताउछिन्।




















