कैलाली := टिकापुर राजबन्दी सहयोगार्थ मुठ्ठीदान अभियान संचालन गरिएकोछ । थरुहट थारुवान राष्ट्रिय मोर्चा कैलाली जिल्ला समितिले उक्त अभियान चलाएको हो ।
अभियानमा सबैलाई सहयोग गर्न आह्वान गरिएकोछ । सहयोगीदाताले मुट्ठीदान स्वरूप धान सहयोग गर्ने गरेको र कतिपयले आर्थिक सहयोग समेत गर्ने गरेको मोर्चाले जानकारी गराउनु भयो ।

जिल्ला अदालत कैलालीका न्यायाधीश पर्शुराम भट्टराईको इजलाशले रेशम चौधरीलाई जन्मकैदको फैसला र ११ जनालाई दोषी ठहर गरि थुना भित्र राखेका छ्न ।
२०७२ भदौ ७ मा कैलालीको टीकापुरमा थरुह्ट आन्दोलनमा सहभागी भएको भन्दै प्रहरीले दर्जनौ थारु माथि मुद्दा दायर गर्दै जेल चलान गरेकोछ ।ती जेलबन्दी मध्य लक्ष्मण थारु लगायतको रिहाई भएको छ्न भने निलम्बित साँसद रेशम चौधरी लगायतको थारुहरु अझै जेल जीवन बिताई रहेका छ्न। त्यहीँ पीडित राजबन्दीलाई सहयोगार्थ मुट्ठीदान अभियान संचालन गरिएको छ ।






















