काठमाडौं । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले लेखेको उपन्यास ‘कारा’ सार्वजनिक भएको छ।
बेकसुरदारलाई कसुरदार बनाउने व्यवस्थामा केही निरिह महिलाहरुले भोगेको लामो बन्धन र यातनाको गाथा कारामा समेटिएको छ।
कार्कीले आफैं जेल बस्दा र वकालत गर्दाका अनुभुतिलाई पनि समेटेर कथा बनाएकी छन्।
पूर्व प्रधानन्यायाधीश कार्कीले न्यायिक जिम्मेवारीमा छ“दा देखे–भोगेका महिलाहरुका पीडा पनि उनको उपन्यासमा प्रतिविम्बित भएको पाइन्छ ।
अघिल्लो वर्ष प्रकाशित कार्कीको ‘न्याय’ नामको आत्मकथा धेरै पढिएका कृतिहरुमध्येमा पर्दछ ।




















