काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक बस्दैछ ।
बैठक आज (सोमबार) पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा दिउँसो १ बजे बस्न लागेको हो।
प्रतिनिधिसभामा रिक्त सभामुख पदको निर्वाचन र स्थायी समिति बैठक बोलाउने बारे छलफल गर्न नेकपा सचिवालय बैठक बस्न लागेको हो।
बलात्कारको आरोप लागेपछि निवर्तमान सभामुख कृष्णबहादुर महराले राजीनामा दिएपछि सभामुख पद रिक्त छ ।
बैठकमा मंसिर १४ मा भएको उपनिर्वाचनको औपचारिक समीक्षा समेत हुने बताइएको छ ।
मंसिर १४ गते उपचुनाव भएका ५२ स्थानकै रिपोर्ट आइतबार पार्टी मुख्यालयमा आइपुगेको छ । उपचुनावमा आफ्नै गढ मानिएका स्थानमासमेत नेकपा पराजित भएपछि यसअघिको सचिवालय बैठकमा गम्भीर समीक्षा भएको थियो । अधिकांश समीक्षात्मक रिपोर्टमा आन्तरिक कारणले चुनाव हारेको उल्लेख छ।File Photo




















