काठमाडौं । भारतीय चर्चित पूर्वक्रिकेटर सचिन तेन्दुल्कर नेपाल आउने भएका छन् ।
आगामी शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेलका लागि भारतका पूर्व क्रिकेटर तेन्दुल्कर आउन लागेका हुन् ।
तर, उनि राष्ट्रियस्तरको प्रतियोगिता भएको खेलका लागि होइन युनिसेफले आयोजनन गर्ने नेपालको पोषणसम्बन्धी कार्यक्रम अन्तर्गतको स्कुलका बालबालिका सहभागी हुने खेलका लागि नेपाल आउन लागेका हुन् ।
उनी युनिसेफको सद्भावना दूत हुन् ।
शनिबार बिहान १० बजेदेखि भारतीय पूर्वक्रिकेटर सचिन तेन्दुल्कर र नेपालका पूर्वकप्तान विनोद दासको टिमबीच प्रदर्शनी क्रिकेट खेल हुने भएको छ ।
खेल १० ओभरको हुनेछ भने दुबै टिममा स्कुलका बालबालिका सहभागी हुनेछन् ।
यसअघि २०६९ असार १ मा भारतका पूर्वकप्तान महेन्द्रसिंह धोनी पनि नेपाल आएका थिए ।




















