काठमाडौं := नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि नेपाली यू-२३ राष्ट्रिय फुटबल टिमको घोषणा भएको छ ।
अखिल नेपाल फुटबल संघ एन्फाले सोमबार २० सदस्सीय नेपाली टिमको घोषणा गरेको हो।खेलपाटीले समाचार प्रकाशन गरेको छ । मुख्य प्रशिक्षक बाल गोपाल महर्जनले घोषणा गरेको साग टिममा सिनियर टिमका विकेश कुथु, बिक्रम लामा र सुजल श्रेष्ठ परेका छन् ।
गोलकिपर विकेश, मिडफिल्डर बिक्रम र सुजल भारतमा भएको १२ औं सागमा समेत टिममा रहेका थिए । १२ औं सागमा नेपालले स्वर्ण जितेको थियो । साग टिमको बन्द प्रशिक्षणमा रहेका किरण चेम्जोङ, रोहित चन्द र नवयुग श्रेष्ठ टिममा परेनन् ।
सागमा २३ वर्ष मुनिका खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । जसमा तीन जना सिनियर खेलाडी राख्न पाइन्छ । टिमको घोषणा गर्दै मुख्य प्रशिक्षक महर्जनले लामो समयबाट तयारी गरेको र टिमका सबै खेलाडी उत्कृष्ट रहेको कारण सागका लागि टिम राम्कोरो बनेको बताए ।
नेपाली टिम :
गोलकिपरमा विकेश कुथु, अर्पण कार्की, दीप कार्की परेको छ् भने डिफेन्डरमा अनन्त तामाङ, दिनेश राजवंशी, विकास खवास, सुमन अर्याल, छिरिङ गुरङ लगायतको रहनु भएको छ । यता मिडफिल्डरमा बिक्रम लामा, मिक्चेन तामाङ, सुजल श्रेष्ठ, सुनिल बल, तेज तामाङ, सेसेहाङ आङदेम्बे, हेमन्त थापा मगर, नितिन थापा त्यसैगरी फरवार्डमा विमल घर्ती मगर, रेजिन सुब्बा, अभिषेक रिजाल, अन्जन विष्ट पर्नु भएको छ।




















