राष्ट्रिय जनमोर्चाको वडा स्तरिय भेला सम्पन्न; अध्यक्षमा सुनार ।।
राम अवतार चौधरी,,
कपिलवस्तु:= राष्ट्रिय जनमोर्चा कपिलवस्तु बिजयनगरले वडा स्तरिय भेला सम्पन्न गरेको छ । जिल्लाको बिजयनगर गाउँपालिका वडा नं.४, ज्योतिनगरमा भेला सम्पन्न गरेको हो ।
राष्ट्रिय जनमोर्चा विजयनगर गाउँपालिका सचिव गोविन्द परियारको अध्यक्षतामा भएको वडा भेलाले सल्लाहकार सहित १५ कार्य समिति गठन गरेको छ । जसको अध्यक्षमा बिष्णु सुनार, उपाध्यक्षमा राम भरोसे यादव, सचिवमा अम्मर सिंजाली, सह–सचिवमा भुमा बस्याल, कोषाध्यक्षमा हरिकला कुमाल रहेका छन् । यसैगरि सदस्यहरुमा नर बहादुर अर्गेजा, अहमद हुसेन, खीम बहादुर कुंवर, उदय प्रसाद चौधरी, वैकल्पिकमा विष्णु सुनार “ख” र सुमित्रा योगी रहेका छन् । त्यसैगरी सल्लाहकारमा चन्द्र कला कुंवर क्षेत्री, धन बहादुर विश्वकर्मा, सुमन रहिदास र बिना परियार लगायका चयन भएका छन् ।
यसैबीच कार्यक्रमका प्रमुख अतिथी रहेका केरसिङ अदैले गरिखाने वर्गले राजनिति नगर्ने, हुने खाने वर्गले मात्र राजनिती गर्नहुने भन्ने मानसिकतालाइ त्यागेर गरिखाने वर्ग हामीले नै राजनितीक स्तर उकासेर अगाडी बढनु पर्ने जरुरी रहेको बताए । अदैले राजमो पार्टी वास्तविक मजदुर, किसानको पक्षमा काम गर्ने एकमात्र पार्टी रहेको दावी गर्दै देशको तत्कालिन राजनीतिक अवस्थाबारे प्रष्ट समेत उनले पारे ।
उक्त कार्यक्रम गोविन्द परियारको अध्यक्षता, अखिल नेपाल टे«ड युनियन महासंघका केन्द्रीय सदस्य तथा राजमो कपिलवस्तु जिल्ला सल्लाहकार केरसिङ अदैको प्रमख आतिथ्यता, नाग राज योगी, समाजसेवी धन बहादुर विश्वकर्मा लगायतको आतिथ्यता रहेको थियो । साथै सो कार्यक्रम उदय प्रसाद चौधरी र विष्णु सुनार “ख” सञ्चालनमा भेला सम्पन्न भएको थियो ।


















