राम अवतार चौधरी,,
कपिलवस्तु:= जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले कृष्णनगरमा विहान ११ वजे देखि लागु हुने गरी कफ्र्यु आदेश जारी गरेको छ । कृष्णनगर बजार क्षेत्रमा लक्ष्मी पूजाको मुर्ती बिर्सजनको विषयमा स्थानियहरु बीच विवाद भएपछि झडप समेत भएको थियो । विवाद पछि गोली चल्दा एक जनाको ज्यान गएको छ।
प्रहरीले चलाएको गोली लागेर स्थानिय सुरज कुमार पाण्डेको ज्यान गएको हो ।वुधवार भएको उक्त झडप उग्र बनेपछी कफ्र्यु आदेश जारी गरेको प्रमुख जिल्ला अधिकारी गजेन्द्र वहादुर श्रेष्ठले बताए । झडपमा परी केहि स्थानिय र प्रहरी घाइते समेत भएका छन् । विषय सामान्य भएभपनि विवाद उत्कर्षमा पुगेकोले अवस्था जटिल बनेको प्रहरीको वुझाई छ । प्रहरीले झडपलाई नियन्त्रण गर्न वुधवार मात्र ५० राउण्ड अश्रुग्यास प्रहार गरेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार आज विहान जिल्ला प्रशासनले कृष्णनगर भन्सार कार्यलय देिख उत्तर तर्फ ७ सय मिटर, पश्चिम तर्फ ७ सय मिटर,पुर्व तर्फ ३ सय मिटरमा कफ्र्यु लगाइएको जनाइएको छ । कफ्र्यु आदेश अवज्ञा गरे कानुन बमोजिम कारवाही हुने जिल्ला प्रशासनले जनाएको छ ।
क्वालालम्पुर (मलेसिया):= मलेसियामा कार्यरत नेपाली सुरक्षा गार्डहरूले कार्यस्थल, पारिश्रमिक तथा आवासमा भोग्दै आएका समस्यालाई सम्बोधन गर्न मलेसियास्थित नेपाली राजदूतावासले नयाँ व्यवस्था लागू गर्ने भएको...
पेराक (मलेसिया):= मलेसियाको पेराक राज्यस्थित तेलुक इन्तान क्षेत्रमा गैरकानुनी रूपमा चर्को ब्याजमा ऋण लगानी गरेको आरोपमा दुई जना नेपाली नागरिक पक्राउ परेका छन्।
कारखानामा कार्यरत कामदारहरूलाई...
क्वालालम्पुर (मलेसिया):= मलेसियाका विभिन्न क्षेत्रमा वायु प्रदूषण बढेसँगै हावाको गुणस्तर तीव्र रूपमा खस्किएको छ। मलेसियाको वातावरण विभागको पछिल्लो तथ्याङ्कअनुसार देशका ३५ वटा क्षेत्रमा वायु...
मलेसिया(मलेसिया):= एसिया–प्यासिफिक एन्ड सेन्ट्रल एसियाका ३० देशका सांसदहरूको सम्मेलन (AFPPD Conference) मा सहभागी हुन मलेसिया आउनुभएकी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य माननीय डा....
जकार्ता (इन्डोनेसिया):= इन्डोनेसियाको सक्रिय अनाक क्राकाटाउ ज्वालामुखी विस्फोटपछि निस्किएको ज्वालामुखीय खरानीका कारण राजधानी जकार्तास्थित सोएकार्नो–हट्टा अन्तर्राष्ट्रिय विमानस्थलको उडान सेवा प्रभावित भएको छ। विमानस्थलको सञ्चालन अस्थायी...