राम अवतार चौधरी,,
कपिलवस्तु:= जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले कृष्णनगरमा विहान ११ वजे देखि लागु हुने गरी कफ्र्यु आदेश जारी गरेको छ । कृष्णनगर बजार क्षेत्रमा लक्ष्मी पूजाको मुर्ती बिर्सजनको विषयमा स्थानियहरु बीच विवाद भएपछि झडप समेत भएको थियो । विवाद पछि गोली चल्दा एक जनाको ज्यान गएको छ।
प्रहरीले चलाएको गोली लागेर स्थानिय सुरज कुमार पाण्डेको ज्यान गएको हो ।वुधवार भएको उक्त झडप उग्र बनेपछी कफ्र्यु आदेश जारी गरेको प्रमुख जिल्ला अधिकारी गजेन्द्र वहादुर श्रेष्ठले बताए । झडपमा परी केहि स्थानिय र प्रहरी घाइते समेत भएका छन् । विषय सामान्य भएभपनि विवाद उत्कर्षमा पुगेकोले अवस्था जटिल बनेको प्रहरीको वुझाई छ । प्रहरीले झडपलाई नियन्त्रण गर्न वुधवार मात्र ५० राउण्ड अश्रुग्यास प्रहार गरेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार आज विहान जिल्ला प्रशासनले कृष्णनगर भन्सार कार्यलय देिख उत्तर तर्फ ७ सय मिटर, पश्चिम तर्फ ७ सय मिटर,पुर्व तर्फ ३ सय मिटरमा कफ्र्यु लगाइएको जनाइएको छ । कफ्र्यु आदेश अवज्ञा गरे कानुन बमोजिम कारवाही हुने जिल्ला प्रशासनले जनाएको छ ।
क्वालालम्पुर (मलेसिया):= मलेसिया सरकारले राष्ट्रिय सुरक्षा र डिजिटल डेटा सार्वभौमिकतालाई ध्यानमा राख्दै इजरायली मूलको चर्चित नेभिगेसन एप 'Waze' (वेज) माथि प्र’ति’बन्ध लगाएको छ। सरकारका...
क्वालालम्पुर (मलेसिया):= रोजगारीको सिलसिलामा मलेसियामा कार्यरत मकवानपुरको राक्सिराङ गाउँपालिका–४ निवासी कविराज बलको निधन भएको छ। मलेसियाको क्लाङ क्षेत्रमा उनको निधन भएको हो।
प्राप्त जानकारीअनुसार, विगत...
क्वालालम्पुर (मलेसिया):= मलेसियाको साबाह प्रान्तस्थित सेम्पोर्नाको एक रिसोर्टमा चिनियाँ महिला पर्यटकमाथि यौ’न दु’र्व्य’वहारको प्रयास गर्ने एक अ’वै’ध विदेशी सुरक्षा गार्डलाई प्रहरीले प’क्राउ गरेको छ।
रिसोर्टको...
जोहोर (मलेसिया):= वैदेशिक रोजगारीका सिलसिलामा मलेसिया आइपुगेका पाल्पाका नेपाली श्रमिक प्रेम मगरको सुत्यासुत्यै अवस्थामा निधन भएको छ।
मलाया खबरलाई प्राप्त जानकारीअनुसार, मगर करिब चार महिनाअघि...