एनआरएन मलेसिया द्वारा बिश्व साइकल यात्रामा निस्केका डिनोज लाई आर्थिक सहयोग।

तिलोचन गौतम
क्वालालम्पुर मलेसिया

गैरआवासीय नेपालि संघ मलेसिया (NRNA) ले बिश्व साइक यात्रामा निस्केका अर्घाखाचि चिदिपानीका डिनोज कुवर लाई आर्थिक सहयोग प्रदान गरेको छ।

एक साधारण भेटघाट कार्यक्रमका बिच साइकल यात्री कुवर लाई सम्मान तथा आर्थिक सहयोग गरेको हो । प्रबासी नेपाली एकता समाजका अध्यक्ष योगेन्द्र कुवर , गैरआवासीय नेपाली संघ मलेसिया का बर्तमान अध्यक्ष हरि भट्टराई आइ सि सि सदस्य महेन्द्र जंग शाह, कोषअध्यक्ष कृष्ण प्रसाद नेपाल, ब्यबसायी टेकबहादुर टोमटा,संघका पुर्ब अध्यक्ष खगेन्द्र न्यौपाने लगाएतको उपस्थितिमा ५६० मलेसियन रिंगेट सहयोग प्रधान गरेको सुन्दर आले ले जानकारी दिनुभयो ।

भेटघाट तथा सहयोग रकम हस्तान्तरण गर्दै गैरआवासीय नेपालि संघ मलेसियाका नव निर्बाचित अध्यक्ष हरि भट्टराई ले नेपालि हरुले विश्व सामु नेपाल लाई चिनाउने काम गर्दा आफ्नो ब्याक्तीगत तर्फबाट तथा गैरआवासीय नेपालि संघ मलेसियाको तर्फबाट धन्यवाद दिदै खुसी व्यक्त गरेका थिए।