तिलोचन गौतम
क्वालालम्पुर मलेसिया
हिन्दु नारिहरुको विशेष चाड हरितालिका तिजको अबसर पारेर गैरआवासीय नेपाली संघ मलेसिया (NRNA) ले ख्याती प्राप्त कलाकार हरुको उपस्थितिमा तिज विशेष धमाका गर्ने भएको छ।
मलेसियामा रहेका नेपाली नारिहरुले पनि तिजको महसुस गर्न सकुन भन्ने उदेश्यले चर्चित नेपालि कलाकार हरु ल्याएर मनोरञ्जनात्मक कार्यक्रम गर्ने भएको हो ।
तिज विशेष कार्यक्रम लाई नेपाली राजदुतावास मलेसियाले प्रायोजन गर्ने भएकोछ । उक्त धमाका मलेसियाको राजधानी क्वालालम्पुर स्थित ग्रान्ड कण्टिनेन्टल होटल को छैटौं तल्लामा आगामी सेप्टेम्बर १ मा हुने तय भएको छ।
कार्यक्रमका लागी नायिका / गायिका एलिना राइमाझी , गायिका तुलसा क्षेत्री, मोडल तथा डान्सर करिश्मा ढकाल, गायिका सोभा त्रिपाठी , गायक हेमन्त शर्मा र कार्यक्रम उत्घोसक नरेस भट्टराई लगायतका कलाकार नेपाल बाट आउने तय भएको छ।




















