सर्वहाराले रोजेको बाटो

अफ्रिका र दक्षिणपूर्वी एसियामा पाइने ¥योकोफोरस जातका भ्यागुता दश मिटर परसम्म उफ्रनसक्ने रहेछन् । दक्षिण एसियाली मुलुक नेपालका राजनीतिज्ञहरू भ्रष्टाचार र नैतिकहीन मामिलामा विश्व रेकर्ड नै तोडेर उफ्रन सक्ने रहेछन् भन्ने प्रमाणित हुन पुगेको छ ।

लाटोकोसेराले के खाएर बाँच्छ होला अनुमान गरौँ । चरा र मुसा खाएर बाँच्ने लाटोकोसेराका दाँत हुँदैनन् । त्यसैले उसले जे खान्छ, सिंगै सुलुत्त निल्छ । त्यसरी निलेको लाटोकोसेरोले जे खान्छ, १२ घण्टापछि नङ्ग्रा, प्वाँख, भुत्लाजस्ता चिजहरू मुखैबाट ओकल्छ । 

राजनीतिको अर्थ उत्तम समाज सेवा हो तर नेपाली राजनीतिमा लागेकाहरू जसले ३० वर्षअघि आएको बहुदल र १३ वर्ष अघि स्थापित लोकतन्त्रलाई व्यापार बनाएर जे पायो त्यहअी यसरी सुलुत्त निले कि तिनीहरू आज अरबी शेख जसरी सम्पन्नताको जीवन बिताउन थालेका छन् । यसमा पनि खासगरी आपूmलाई कम्युनिष्ट बताउनेहरू, राजा फालेर नवबास्सा बन्न पुगेकाहरू धेरै छन् ।

यसकारण जो सच्चा कम्युनिष्ट हुन्, तिनीहरू कोठामा साँघुरिएर र चाउरिएर भन्छन्, ‘डबल कम्युनिष्ट मिलेर बनेको नेकपा, डबल नेतृत्वमा चलेको त छ तर तिनले सर्वहाराको प्रतिनिधित्व गर्दैनन् । तिनीहरू सर्वआहारा हुन् ।’ अर्थात् जे पायो खायो, हाजमोलाको बलमा पचायो । विदेशी एजेण्डा बोक्ने भरियाका लागि ज्यालाको महŒव हुन्छ । ज्याला मात्र होइन, अब त लखनौ लुट नै बनाएका छन् लोकतन्त्रलाई ।

प्रजातन्त्रका प्रवर्तक अब्राहम लिङ्कनले भनेका थिए, ‘कुशल शासक भविष्यको चिन्ता गर्छन्, राजनीतिज्ञ आगामी चुनावको मात्र चिन्ता गर्छन् । हो, नेपाली गरिब छन्, बुझेका छन् तर बाध्यतावश तिनैलाई चुन्छन् जो जनवादीका नाममा जनघाती छ । पैसा खर्च गरेपछि, शक्तिको दुरुपयोग गरेर र तस्र्याएर चुनाव जित्नका लागि पैसा चाहिन्छ र कम्युनिष्टहरूले नेपाललाई कम्युनिष्टको नाममा बन्दी बनाएका छन् ।

पैसाको र विदेशी ताकतको बलमा । त्यसैले त नाकाबन्दीका बेलामा देशभक्त देखिएका ओली चुनाव जित्नासाथ विदेशवादी बने । न सीमामा बोल्छन्, न डुबानमा । जसले सीमाको रक्षा गर्न सक्दैन, ऊ कसरी देशभक्त हुनसक्छ ? जो सर्वहाराको नारा लगाउँछ र सर्वआहारा खान्छ, निषेधित फल खाने सिद्धान्तहीन व्यक्ति कसरी देशको शक्ति हुनसक्छ ?

नेपालका सन्दर्भमा आधुनिक डाइनोसर हो नेकपा । संविधान निर्माणका बेलामा जनतासँग सुझाव लिइयो, एउटा सुझाव पनि संविधानमा समावेश गरिएन । देशमा १२६ जातजाति छन् र १२–१५ जातिले शासन गर्ने संविधान जारी गरेका छन् । कहाँ छ पहिचान ? समावेशिताको नारा यिनै घन्काउँछन् । 

कुनै जाति जंगलमा गिठ्ठा भ्याकुर खाएर बाँचिरहेको छ, अधिकांश जाति गरिबीको रोगले जन्मन्छन् र किराफट्याङ्ग्रा मरेझैं मरिरहेका छन् । तिनका लागि सरकार र समानता संविधानले कहाँ दिएको छ ? तिनलाई आप्mनो पहिचान चाहिन्छ कि चाहिँदैन ? तिनको मानवाधिकार, राष्ट्राधिकार, सार्वभौमिक अधिकार, बाँच्ने आधारभूत अधिकारको चिन्ता संविधानले संसद्बाट ग¥यो कि सरकारले सिंहदरबारबाट ? गाउँपालिकासम्म पुगेको सिंहदरबार पनि अनियमितता र भ्रष्टाचारकै पोखरीमा आहाल बस्न पुग्यो । अनि सर्वहाराका नेताहरूका लागि यो सब अवसर सर्वआहाराको अवसर बनेको छ, भोजन भट्टहरूका लागि ।

देशमा समाजवादी, कम्युनिष्ट, नेकपा, कांग्रेस, राप्रपा, मधेसवादी मूल पार्टीहरू हुन् । यी कसैको प्राथमिकतामा सर्वहारा छैनन् । सर्वहारा अर्थात् जोसँग पाखुरीबाहेक अरू केही छैन । पाखुरी बजार्न सकेको दिन खायो, नसकेको दिन भोकै सुत्यो । न घर छ, न बास । जीवनकै स्थायित्व छैन, अरू के हुन्छ तिनको । सुकुम्बासी समस्या छ, मजदुर समस्या छ, समस्यै समस्या छन् र यिनै समस्या म समाधान गर्छु भनेर कम्युनिष्ट नामधारीहरू सर्वहाराको प्रतिनिधित्व गर्छन् । आप्mना चाकरीबाज दुई चार जनाले अवसर पाए होलान्, अरू सर्वहाराले जनयुद्धबाट पनि केही पाएनन्, जनआन्दोलबाट पनि रित्तै हात रहे ।

जो सर्वहाराका नाइके थिए, तिनीहरू पालैपालो सत्तामा गए । मुहार चम्किलो बनाए । रोगको उपचारसमेत राज्यकोषबाट खर्च गराए । आप्mनो, परिवारको र आफन्तका लागि सात पुस्तालाई पुग्ने सम्पत्ति जोरजाम गरे । स्थिति यतिसम्म देखियो कि अब त केही दिन आराम गर्न सिंगापुर, बैंकक, दुबई जाने र सिंगो परिवार नै बोकेर वाटरबाथ गर्नसमेत विदेश हुइँकिने । के नेपालमा पानी छैन ? के नेपालमा अस्पताल छैनन् ? के नेपालमा आराम गर्ने ठाउँ नै छैन ? त्यसो भए किन अर्को साललाई पर्यटन वर्ष भनेको ? किन २० लाख पर्यटक भिœयाउने ढोल पिटेको ? केही छैन भने पर्यटक नेपाल किन आउने ?

विश्व जगत् नेपाललाई स्वर्ग ठान्छ, अर्को स्विट्जरल्याण्ड मान्छ । शान्त हुन र शान्तिका लागि प्रेरणा लिन विश्व मानवहरू नेपाल आउने गर्छन् । यस्तो पवित्र भूमिका नेता कस्ता ? २००७ सालमा हामीले दिल्ली गुहा¥यौँ, दिल्लीले भारी बोकाएर पठाइदियो । कोसी गण्डकीमात्र गएन, मन्त्रिपरिषद्मा भारतका प्रतिनिधि बस्ने व्यवस्थासमेत मान्यौँ । नेपालमा भारतीय सैनिक पोष्ट नै स्थापित गरियो । २०१७ सालमा राजाले कू त गरे तर दिल्लीका नचाहिँदा, हस्तक्षेपका भारी दिल्ली नै फर्काउने काम भएकै हो । विकास र राष्ट्रियताको जग कुनै बेला बलियो थियो भने त्यो २०१७ सालदेखि २०२८ सालसम्मको महेन्द्रकाल नै हो ।

२०४६ सालमा दश बुँदे भारतीय प्रस्ताव आएकै हो । राजा वीरेन्द्रले त्यसलाई अस्वीकार गरेर जनताका सामु झुक्छु भनेका हुन् । बहुदल त आयो तर बहुलायो । बाह्र वर्षे कुशासन त्यही बहुदलीय कालखण्ड हो । त्यही कालखण्डमा महाकाली, टनकपुर सन्धि भए भारतको हितमा । त्यही समयमा विदेशीलाई नागरिकता सजिलै दिने विधेयक आयो, राजाले फर्काइदिए । त्यसको प्रतिफल हो दरबार हत्याकाण्ड ।

ज्ञानेन्द्र शाहलाई राजा बनाइयो । उनका सामु फेरि नागरिकता वितरण सरलीकरण गर्ने संशोधन आयो, उनले नाम मञ्जुर गरिदिए । त्यसैको प्रतिफल राजतन्त्र समाप्त पारियो, हिन्दू राष्ट्रलाई धर्मनिरपेक्ष बनाइयो । अहिले सजिलै नागरिकता वितरण गर्ने र विदेशीका सन्तानलाई वंशजका आधारमा नागरिकता दिएर नेपालको संवैधानिक अंगहरूको प्रमुख बन्नसक्ने व्यवस्था गर्न लागिएको छ । विधेयक संसद्मा छ, विरोध सडकमा । विरोधको बेवास्ता गरेर गृहमन्त्रीले ७७ जिल्लामै परिपत्र निर्देशन जारी गरेर नागरिकता वितरण गरिन थालेको थियो, पाउनेले पाए, अदालतले रोक लगाएको छ । संसद्भन्दा सरकार ठूलो बनेर नाकले पानी खान थालेपछि नेपाल फिजी नभए के हुन्छ ? सर्वहाराको प्रतिनिधित्व गर्छु भन्ने नेताहरू सर्वआहारा ग्रहण गर्दै विदेशीको लाउके बनेका छन् । यो सरकार देशभक्त रे ¤

समस्या सर्वहाराको मुक्तिमै छ । मुक्तिका लागि कुरा बढी भए, काम शून्य । सर्वहारा चुनावी हतियारमात्र भए । चुनावमा विश्वास गरेर मतदान गर्छन्, चुनावपछि सर्वहारा हतियार सर्वहाराको गर्धनमै बज्रिन्छ । घाइते सर्वहारा नै हुन्छन् । जो जति सर्वहारा छन्, ती सबै हतियार र अचानो दुवै बन्ने गरेका छन् । सर्वहाराका नेताहरू यति चङ्ख छन् कि, सर्वहारा तह र तप्कालाई सङ्गठित हुनै दिँदैनन्, तिनलाई अनेक पार्टीका अनेक भ्रातृ सङ्गठन खोलेर विभाजित गरिएको छ ।

देशभक्तहरू जो नेपालित्वका कुरा गर्छन्, जो सीमा सुरक्षित हुनुपर्छ भन्छन्, जो सबै जातजातिको पहिचानको रक्षा र समानताको वकालत गर्छन्, जो विदेशी हस्तक्षेप रोक्न चट्टान भएर उभिन सक्छन्, तिनीहरू सबै एक हुनुपर्छ । त्यस्ता देशभक्तहरू नेकपाभित्र पनि छन्, नेपाली कांग्रेस, राप्रपा, मधेसवादीभित्र पनि छन् । अन्यत्र छरिएका र स्वतन्त्र पनि छन् । ती सबै एकत्रित, एकजुट हुनुपर्ने बेला यही हो । 

अन्यथा भारतका रअको शीर्ष टिमले रहस्यमय नेपाल भ्रमण गरेर फर्केको बेलामा, भारतका विदेशमन्त्री नेपाल आउने कार्यक्रम तय भएपछि र भारतले कश्मीरमा कू गरेपछि भारतलाई महाप्रभु नै मान्ने मनस्थिति भएका नेपाली कांग्रेसका दिग्गज नेता प्रदीप गिरीले संसद्को अन्तर्राष्ट्रिय समितिको बैठकमै ‘सके भारतले नेपाललाई सिक्किम बनाउँछ’ भनेर बोल्ने हिम्मत गरेका छन् । यो हिम्मतका पछाडि कुन तŒवको धाप छ, उक्साहट छ, के अभीष्ट योजना छ ? के कस्तो संकेत पाएर उनले यस्तो बोले ? यस विषयमा न अन्तर्राष्ट्रिय समितिमा छलफल अघि बढ्यो, न संसद्ले केही बोलेको छ, न सरकारले नै मुख खोलेको छ ।

डबल नेकपाको नीति सर्वहाराको हित, नेपालित्वको जगेर्ना होइन, सर्वआहाराको भोजन र स्वार्थ तथा आत्मसन्तुष्टि मात्र हो । यो तमाम नेपाली हँु भन्नेहरूका लागि सतर्कताको समय हो ।