क्वालालम्पुर (मलेसिया):= मलेसियामा रहेको नेपाली राजदूतावासले अवल मुहर्रम (Awal Muharram) सार्वजनिक बिदाको अवसरमा भोलि जुन १७, २०२६ (बुधबार) दूतावास बन्द रहने जनाएको छ।
दूतावासद्वारा जारी सूचनाअनुसार उक्त दिन राजदूतावासबाट प्रभाव हुने सबै नियमित सेवाहरू बन्द रहनेछन्। अत्यावश्यक तथा आकस्मिक सहयोग आवश्यक परेमा सेवाग्राहीहरूले दूतावासको हटलाइन नम्बर +6016-2472777 मा सम्पर्क गर्न सक्नेछन्।
दूतावासले नियमित सेवा जुन १८, २०२६ (बिहीबार) देखि पुनः सञ्चालन हुने जानकारी दिएको छ। मलेसियामा रहेका नेपाली नागरिकलाई आवश्यक कागजात, राहदानी, प्रमाणिकरण लगायतका सेवाका लागि दूतावास जाने योजना भए आजै वा बिदापछि जाने व्यवस्था मिलाउन अनुरोध गरिएको छ।




















